१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

अंश मुद्दामा विवाद भएपछि नवलपरासी जिल्ला अदालत परिसरमा गोली चल्यो



नवलपरासी । अंश मुद्दाको विषयमा विवाद हुँदा सोमबार जिल्ला अदालत पश्चिम नवलपरासीमा गोली चलेको छ ।

सरावल गाउँपालिका ४ का हंशराज यादवले पेस्तोलबाट एक राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी प्रहरी प्रमुख एसपी ऋषिराम कँडेलले जानकारी दिएका छन् ।

पहिलो पटक प्रहार गरेको गोली नपड्केपछि उनले दोस्रो पटक गोली चलाएका थिए ।

सुरुमा गोली प्रहार गरेको देखेकी रोशनी आतिदैं भागेपछि पुनस् प्रहार गरेको गोलीबाट उनी बचेकी हुन् । जिल्ला अदालतदेखि करिब ५० मिटरको दुरीमा रहेको व्यस्त सडकमा गोली चलेपछि स्थानीय आतंकित बनेका थिए ।

अंश मुद्दाको विषयमा छलफल गर्न अदालतमा उपस्थित भएका हंशराज र रोशनी यादवबीच विवाद भएपछि तर्साउने उदेश्यले उनले गोली प्रहार गरेको प्रहरीको अनुमान छ ।

गोली प्रहार गर्ने हंशराज रोशनीका भतिजा हुन् । हंशराजले चलाउको गोली कसैलाई पनि नलागेकाले कुनै दुर्घटना भने हुन पाएन ।

सन्तानविहिन रहेका काकाको मृत्युपछि अंश खाने काकी मात्र भएको र उनलाई मारेपछि सम्पत्ति आफ्नो हुने मनसायका साथ हर्षरामले गोली हानेको आफन्तहरुले बताएका छन् । दुई अंश लगाएर सोमबार अदालतमा मिलापत्र जाने क्रममा हर्षरामले काकीमाथि गोली प्रहार गरेका हुन् ।

घटनास्थलबाट प्रहरीले १ थान गोलीको खोका बरामद गरेको छ । गोली प्रहार गर्ने हर्षरामको खोजी कार्य भइरहेको कंडेलले बताए ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ६ : ३४ बजे

आज आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका ३०

अर्थमन्त्री वाग्लेले आज २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका

पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका

काठमाडौं । काठमाडौं उपत्यकामा बिहान कार्यालय समय सुरु हुनुअघि नै

बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

सुदूरपश्चिम । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा