२८ बैशाख २०८३, सोमबार | May 11, 2026

आफ्नै पार्टीभित्रका सांसदको विद्रोहबीच बेलायती प्रधानमन्त्री जोनसनले पाए विश्वासको मत



लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो पार्टीभित्रैबाट विद्रोह हुँदाहुँदै पनि संसदमा विश्वासको मत जितेका छन् । जोनसनलाई २११ सांसदको समर्थन मिलेको छ भने १४८ सांसदले उनीमाथि विश्वास नभएको बताएका छन् ।

बहुसंख्यक टोरी सांसदले उनको पक्षमा मतदान गरेका थिए । कन्जरभेटिभ पार्टीका ५४ सांसदले उनले विश्वासको मत परीक्षण गर्नुपर्ने माग गरेका थिए ।

विश्वासको मत प्राप्तसँगै उनी अब एक वर्षका लागि सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्वमा रहने निश्चित भएको छ । कोभिड लकडाउनको समयमा प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटमा ‘रक्सी पार्टी’लाई लिएर प्रधानमन्त्री जोनसनको कन्जरभेटिभ पार्टीभित्रसमेत चर्को आलोचना भएको थियो । उक्त विषयलाई लिएर प्रधानमन्त्री जोनसनले संसदमा बारम्बार क्षमायाचना गरेका थिए ।

मतदानको दौडमा जोनसनको स्थिति खतरनाक देखिएको थियो किनकी धेरै कन्जरभेटिभ सांसदहरूले जोनसनलाई प्रधानमन्त्रीको पदबाट राजीनामा दिन आह्वान गरेको पत्र बुझाएका थिए । प्रधानमन्त्रीको पदमा रहिरहन कम्तीमा १८० सांसदको समर्थन चाहिन्थ्यो । तर, मतदानमा उनले आवश्यकभन्दा धेरै सांसदहरूको समर्थन पाएका छन् ।

प्रधानमन्त्री जोनसनले आफ्नो विश्वास मतको जितलाई ‘निर्णायक’ भनेर वर्णन गरेका छन् ।

 

 

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ८ : २२ बजे

इरान युद्धबाट अमेरिकाले सिकेका पाठ चीनका लागि पनि महत्वपूर्ण

इरानमा युद्ध तेस्रो महिनामा प्रवेश गरिरहँदा यसले चीनलाई युद्धको परिस्थितिमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा

काठमाडौं । टर्कीको इस्तानबुलबाट २७८ यात्रु बोकेर काठमाडौं आएको टर्किस

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

काठमाडौं । सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका

टर्किस एयर विमान आगलागी : अन्तर्राष्ट्रिय उडान प्रभावित, ४ बच्चासहित २७७ यात्रु सबै सकुशल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमानमा आगलागी भएपछि

इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरको जहाजमा आगो देखियो, सबै यात्रुको सकुसल उद्धार

काठमाडौं । टर्कीको इस्तानबुलबाट आएको टिके ७२६ नम्बरको टर्किस एयरलाइन्सको