२० असार २०८३, शनिबार | July 4, 2026

पाल्पा कचलको एक निमाविलाई लियो बुटवल स्टार्सको सहयोग



बुटवल । लियो क्लब अफ बुटवल स्टार्सले पाल्पा कचनको एक विद्यालयलाई शैक्षिक, खेलकूद तथा प्राथमिक उपचार सामाग्री वितरण गरेको छ ।

क्लबले तिनाउ गाउपालिका वाड न १, कचलस्थित श्री देवेश्वरी निम्न माध्यमिक बिद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई ५५ हजार रुपैया बराबरका सामग्री हस्तान्तरण गरिएको हो ।

एक समारोहका बिच तिनाउ गाउपालिका वडा नं १ का वडा सदस्य रुपा बि.क, विद्यालयका प्रधानाध्यापक कुल बहादुर गाहालाई क्लबका संस्थापक अध्यक्ष एमजेएफ लियो धनन्जय बर्नवाल, सभापति लियो बिनोद कुमार जयसवाल, कार्यक्रम संयोजक लियो गोबिन्द बिकले सामग्री हस्तान्तरण गरेका थिए ।

क्लबले सामाजिक उत्तरदायित्व अन्तरगत वार्षिक कार्ययोजना बनाएर विभिन्न कार्यक्रम गर्दै आएको सभापति लियो बिनोद कुमार जयसवालले बताए। बुटवल बजारदेखि नजिकका ग्रामिण समुदायलाई आफुहरुले सहयोग गर्दै आएको उनले बताए ।

क्लबका संस्थापक अध्यक्ष एम जे अफ लियो धनन्जय बर्नवालले सामाजिक रुपान्तरण युवाहरुको अगुवाईमा जरुरी रहेको बताए । सो निमाबिमा ५१ जना विद्यार्थीहरु अध्ययनरत छन ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  १० : ३५ बजे

इरानद्वारा दिवङ्गत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु

तेहरान । इरानले शनिबार बिहानदेखि दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली

सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

नेपालगन्ज । सिँचाइ अभाव हुँदा अकाशे पानीको भरमा बाँकेमा १८

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

बागलुङ । मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको सङ्ख्या बढेसँगै

कर्णाली नदी दुर्घटनामा बेपत्ता गाडी खोजीमा गोताखोर टोली परिचालन

काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली नदीमा खसेको

थैव समाजद्वारा वनवाटिकालाई कुर्ची हस्तान्तरण

बुटवल । थैव समाजले तिलोत्तमा नगरपालिकास्थित शकरनगर वनविहार तथा अनुसन्धान