काठमाडौं । सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रकाश चन्द्र गौतमलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ती गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाणले जानकारी दिएका छन् ।
यस्ता छन् २२ निर्णय :
१. थाइल्याण्डमा आयोजना हुने ‘गभन्र्नेन्स एन्ड एन्टी करप्सन द मेथड एन्ड टुल्स बिहाइन्ड करप्सन इराडिकेसन स्ट्राटेजी’ विषयक तालिम कार्यक्रमको अनुगमन र समापन कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तद्वय किशोर कुमार सिलवाल र जयबहादुर चन्दलाई सहभागि हुन स्विकृती दिने ।
२. विश्व बैंकबाट हरित उत्थानशिल समावेशी विकासका लागि प्राप्त हुने १ सय मिलियन अमेरिकी डलर (करिब रु १२ अर्ब) सहूलियतपूर्ण ऋण सहायता लिन वार्ता टोली गठन गर्ने ।
३. व्यापार तथा निकासी प्रवर्धन केन्द्रको रिक्त कार्यकारी निर्देशक पदमा शरद विक्रम राणलाई नियुक्त गर्ने ।
४. सामाजिक सुरक्षा ऐन-२०७५ लाई संसोधन गर्न बनेको विधेयकलाई संघीय संसद समक्ष पेस गर्न स्विकृति दिने ।
५. तेजाव तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसद समक्ष पेस गर्न स्विकृति दिने ।
६. हातहतियार खरखजाना ११ औं संसोधन नियमावली-२०७९ स्विकृत गर्ने
७. सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रकाश चन्द्र गौतमलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ती गर्ने।
८. नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चाल, सुपरिवेक्षण र समन्वय ऐन २०७६ लाई संसोधन गर्न बनेको विधेयकलाई संघीय संसदसमक्ष पेस गर्न स्विकृति दिने ।
९. अस्ट्रेलियाको ब्रिजवेनमा आयोजना हुने ‘एसिया प्यासिफिक मिनिस्ट्रिअल कन्फरेन्स अन डिजास्टर रिस्क रिडक्सन’ कार्यक्रममा गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई सहभागी हुन स्वीकृति दिने ।
१०. भारतको नयाँ दिल्लीमा हुने नेपाल–भारत सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको १२ औं बैठकमा नेपालको तर्फबाट गृहमन्त्रालयको सहसचिवको नेतृृत्वमा प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिने ।
११. प्रहरी नायब महानिरीक्षकहरु उत्तमराज जोशी, अरुण कुमार विसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ती गर्ने ।
१२. लुम्बिनी सांस्कृति नगरपालिकालाई अस्पताल भवन निर्माणार्थ सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने ।
१३. गरिबी निवारण कोष सञ्चालन समितिका उपाध्यक्षको राजीनामा स्वीकृत गर्ने ।
१४. रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रतिस्थापन गर्ने विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने ।
१५. फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्ष पदमा सुवास बी शाही र सदस्य पदमा कल्पना दियाकोटीलाई मनोनयन गर्ने ।
१६. नेपाल वायु सेवा निगमका महाप्रवन्धन तथा सञ्चालक सदस्य डिमप्रसाद पौडेललाई पदबाट हटाउने ।
१७. औषधी ऐन-२०३५ लाई संसोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने ।
१८. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन-२०६६ लाई संसोधन गर्न बनेको विधेयकलाई संसदमा पेस गर्न स्वीकृति दिने ।
१९. मानव अंग प्रत्यारोपण विकास समिति गठन (तेस्रो संसोधन) अध्यादेश २०७९ लाई स्वीकृति गर्ने ।
२०. राजपत्रांकित प्रथम श्रेणीका अधिकृत सुरजकुमार वैद्यलाई नेपाल इन्जिनियरिङ सेवा सामूहिकिकरण तर्फको राजपत्रांकित विशेष श्रेणीमा बढुवा नियुक्ती गर्ने ।
२१. लोकसेवा आयोगको सिफारिस बमोजिम निजामती सेवाको नेपाल वन तथा नेपाल शिक्षा सेवाका राजपत्रांकित प्रथम श्रेणी वा सोसरहेको पदमा नियुक्ति गरी पदस्थापन गर्ने ।
२२. हाल परीक्षणको रुपमा लागु गरिएको एक हप्ताको दुइ दिन सार्वजनिक बिदा दिनेसम्बन्धी निर्णय २०७९ असार १ गतेदेखि लागु हुनेगरी खारेज गर्ने ।
प्रतिक्रिया