२५ फाल्गुन २०८२, सोमबार | March 10, 2026

निर्धारीत समयमै योजना सम्पन्न गर्न समितिलाई खेलकुद मन्त्रीको निर्देशन



काठमाडौ । फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष तथा सदस्यलाई नियुक्ती पत्र प्रदान गरिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष सुवास शाही र सदस्य कल्पना दियाकोटीलाई नियुक्ती पत्र प्रदान गरेका हुन् ।

नियुक्ती पत्र हस्तान्तरण गर्दै मन्त्री अथकले निर्धारित समयमै योजना सम्पन्न गर्ने गरी काम अगाडी बढाउन निर्देशन दिएका छन् । फाप्ला क्रिकेट मैदानका परिकल्पनाकारलाई नै सरकारले विकास समितिको अध्यक्ष बनाएको भन्दै मन्त्री अथकले सबै पक्षलाई समेटेर राष्ट्रकै गौरव गर्न लायकको संरचना बनाउन निर्देशन दिए । साथै मन्त्री अथकले समितिका नवनियुक्त पदाधिकारीलाई कार्यकाल सफलताको शुभकामना समेत दिएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विकास समितिको अध्यक्षमा शाही र दियाकोटीलाई सदस्यमा मनोनित गरेको थियो ।

फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश–२०७९ बमोजिम ३ वर्षे कार्यकालकालागि शाहीलाई समितिको अध्यक्षमा नियुक्त गरीएको हो । क्रिकेट मैदान तथा खेलग्राम निर्माणका लागि ९ सदस्यीय विकास समिति गठन गर्ने व्यवस्था छ ।

जसअन्तर्गत समितिको सदस्यमा धनगढी उपमहानगरपालिका र कृष्णपुर नगरपालिकाका नगर प्रमुख पदेन सदस्य रहने ब्यवस्था छ भनेसुदूरपश्चिम प्रदेश सरकारको खेलकुद हेर्ने मन्त्रालयका सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन ईकाई कैलालीका प्रमुख, उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष समेत विकास समितिको सदस्य रहनेछन ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ५ : १३ बजे

देशका विभिन्न ठाउँमा वर्षा, भोलि यी ठांउमा हुने छ वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली

रवि र बालेन्द्रसंग मोदीको टेलिफोन संवाद, मिलेर काम गर्ने प्रतिबद्धता

नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने

धनुषा-१ : नेकपाका मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा