२५ फाल्गुन २०८२, सोमबार | March 10, 2026

नीमा र दीपक वर्ल्ड गेम्समा



काठमाडौं । नेपाली उसु खेलाडी नीमा घर्तीमगर र दीपक हमालले वल्र्ड गेम्स २०२२ मा प्रतिस्पर्धा गर्ने भएका छन् । जुलाई ७ देखि १७ तारिखसम्म अमेरिकाको ब्रमिङ्घमको अलाबामामा हुने प्रतियोगितामा नेपालबाट नीमा र दीपकले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता नीमा र दीपक आयोजकबाटै छनोट भएको नेपाल उसु महासंघले जनाएको छ ।

उनीहरुले अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र विश्व वरीयताका आधारमा विश्व उसु महासंघ र वल्र्ड गेम्स फेडरेसनले छनोट गरेको नेपाल उसु महासंघका महासचिव लाक्पाछिरिङ लामाले जानकारी दिए । ‘वल्र्ड गेम्समा दक्षिण एसियाका नेपाल र भारत मात्रै छनोट भएका छन् । उसुमा भारतले एउटा कोटा पाउँदा नेपालले भने दुई वटा कोटा पाएको छ’, महासचिव लामाले भने, ‘यो हाम्रा लागि गौरवको विषय हो ।’

भारतमा भएको १२ औं सागमा स्वर्ण जितेकी नीमाले १४ औं तथा १५ औं उसु वल्र्ड च्याम्पियनसिपमा पनि सहभागिता जनाएकी थिइन् । यसैगरी एसियन ट्रेडिसनल उसु च्याम्पियनसिप २०२१ मा कांस्य र आईडब्लूयूएफ थाउलो भर्चुअल च्याम्पियनसिप २०२१ मा रजत पदक जितेकी थिइन् ।

दीपकले १४ औं तथा १५ औं उसु वल्र्ड च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा सहभागी ५६ देशका खेलाडीमध्ये उनी उत्कृष्ट नौमा परेका थिए । यसैगरी एसियन ट्रेडिसनल उसु च्याम्पियनसिप २०२१ मा दीपकले पनि कांस्य पदक जितेका थिए ।

यही नतिजाका आधारमा नीमा र दीपक वल्र्ड गेम्सका लागि छनोट भएको महासचिव लामाले बताए ।

नीमा र दीपक दुवै थाउलोका खेलाडी हुन् । वल्र्ड गेम्समा नीमाले नानकुन नानदाउ अलराउान्ड र दीपकले नानकुन नानगुन अलराउन्डमा प्रतिस्पर्धा गर्ने छन् । नीमाको समूहमा पाँच र दीपकको समूहमा सात जना खेलाडी परेका छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ६ : ४४ बजे

देशका विभिन्न ठाउँमा वर्षा, भोलि यी ठांउमा हुने छ वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली

रवि र बालेन्द्रसंग मोदीको टेलिफोन संवाद, मिलेर काम गर्ने प्रतिबद्धता

नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने

धनुषा-१ : नेकपाका मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा