१२ बैशाख २०८१, बुधबार | April 24, 2024

पोर्न उद्योग छोडेपछि के गर्दैछन् पोर्न स्टार ?



लसएञ्जल्स । पोर्न फिल्म उद्योगमा करियर सकिएपछि पोर्न स्टार के गरिरहेका छन् ? यो आम चासोको विषय छ । यो प्रश्नको जवाफ सन् २०१२ मा रिलिज फिल्म निर्माता ब्राइसी वागोनरको फिल्म ‘आफ्टर पोर्न इन्डस्’मा छ । यसको दुई सिक्वेल छन् ।

यो फिल्मले पोर्न उद्योग छोडेपछि कलाकारसँग जोडिएको दुःख र सफलतालाई प्रस्तुत गरेको छ । पोर्न फिल्ममा अभिनय गर्ने कलाकारलाई अहिलेसम्म पनि पोर्न फिल्ममा आउनुपर्दाको पछुतो छैन ।

जोनी केस पहिला ब्ल्याक पोर्नस्टार थिए । गरिबीलाई झेलिसकेका जोनी सेनामा भर्ना भए र त्यसपछि उनी च्याम्पियन बक्सर बने । यसपछि उनले ड्रामाको डिग्री लिए र म्युजिकल्समा स्टार बने । उनले सन् १९७२ को आइकोनिक एडल्ट फिल्म ‘बिहाइन्ड द ग्रीन डुअर’मा अभिनय गर्ने मौका पाए । जोनीले अहिले पोर्न उद्योग छोडेर छोरासँग बास्केटबल क्याम्प चलाइरहेका छन् ।

अभिनेत्री चेसी लेनले डान्सरको रूपमा करियर सुरु गरेकी थिइन् । त्यसपछि उनी ट्रिपल एक्स फिल्ममा महँगी अभिनेत्री बनिन् । एडल्ट फिल्म छोडेपछि उनले आर्थिक व्यवस्थापन गर्न एस्कर्ट सेवा सुरु गरिन् । अहिले उनी पुनः विद्यालय गएर आफ्नो जिन्दगीलाई नयाँ रुपबाट अगाडि बढाउने सुरसारमा छिन् ।

ब्रोडवे डान्सर र अभिनेत्री जर्जिना स्पेलभिनले कतै काम नपाएपछि एडल्ट उद्योगमा पाइला चालिन् । उनले फिल्म ‘द डेभिल इन मिस जोन्स’मा अभिनय गरेपछि उनी एडल्ट फिल्ममा सर्वकालीन सफल अभिनेत्री बनिन् । यो फिल्मपछि उनले जागिर सुरु गरिन् र अहिले उनी सेवानिवृत्त भइसकेकी छन् ।

अभिनेत्री जिन्जर लिनको फिल्म ‘गर्ल नेक्सट डोर’ले उनलार्य ८० र ९० दशक ट्रिपल एक्सको चिनिएको अनुहार बनायो । बिकिनी कन्टेस्टबाट करियर सुरु गरेकी उनले एडल्ट उद्योगमा राज नै गरिन् । उनी पोर्न उद्योगमा हाइपेड स्टार बनिन् । उनले अभिनय कक्षा लिइन् र ‘विंग कमान्डर’, ‘अमेरिकन पाई’, ‘द डेविल रिजेक्ट्स’ र ‘३१’ जस्ता फिल्ममा काम गरिन् ।

पेन्सिल्वेनियामा स्ट्रिपरका रूपमा आफ्नो करियर सुरुवात गरेपछि अभिनेत्री लिजा एनले पोर्न यात्राको सुरुवात गरिन् । पोर्न फिल्ममा आउनुको उनको उद्देश्य डान्सिङ करियर बनाउन थियो । उनले १५ वर्षसम्म पोर्न फिल्ममा डान्सरका रुपमा काम गरिन् । त्यसपछि उनले तत्काीिन अमेरिकी राष्ट्रपतिको उम्मेदवार सारा पालिनको प्यारोडीमा काम गर्ने मौका पाइन् । उनी अहिले फेन्टासी स्पोर्टस् रेडियो शो चलाउँछिन् ।

कुनै समय सफ्ट बल स्टार बनेकी अभिनेत्री जेनी लिन्डेमुल्डरले मोडलिङ विज्ञापनका माध्यमबाट पोर्न उद्योगमा पाइला चालिन् । पोर्न करियरमा उनले एग्जोटिक डान्सरका रूपमा जबर्दस्त सफलता पाइन् । विवाहका लागि उनले अवकाश लिइन् । हाल उनको एक छोरी छिन् । छोरीको कस्टडी मुद्दापछि उनलाई कर छलीको आरोप लाग्यो । जेलबाट बाहिरिएपछि जीवनलाई ट्रयाकमा ल्याउन उनले ओरिगन कोअस्टमा जाने निर्णय लिइन् ।

अर्की अभिनेत्री ब्रिटनी एन्ड्रयुजले आफ्नो व्यापार चाहना पूरा गर्न पोर्न पाइला चालिन् । उनले आफ्नै भिडियो बनाइन र त्यसको वितरणमा सक्रिय भइन् । उनले प्लेब्वाइका लागि फोटो सुट गराइन् । अहिले उनी डीजेका पमा लोकप्रिय छिन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ३ : ४९ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको