५ पुस २०८२, शनिबार | December 20, 2025

बाराको निजगढमा दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गर्न माग गर्दै काठमाडौंमा डेलिगेसन



बारा । बाराको निजगढमा दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गर्न माग गर्दै बारा निजगढका सरोकार व्यक्तिहरु डेलिगेसनका लागि काठमाडौै पुगेका छन्।

सर्वोच्चको फैसलाका कारण निजगढमा विमानस्थल निमार्ण नहुने आशंका व्यक्त गदै उनीहरु विभिन्न मन्त्री र दलका शीर्ष नेताहरूसँग भेटघाट गरेर आफ्ना माग पेस गरेका हुन । आज मात्रै उनीहरुले पर्यटन मन्त्री प्रेम आले, अर्थ मन्त्री जनार्थन शर्मा र राप्रपाका अध्यक्ष राजेन्द्र लिडदेनलाई ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापन पत्र बुझ्दै मन्त्री आलेले मन्त्रालय निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गर्न तयार रहेको बताएका छन् । मन्त्री आलेले अर्थ मन्त्रालयले आवश्यक बजेट दिए तत्कालनै निमार्ण प्रक्रियामा जाने बताएको निजगढ सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले जानकारी दिए ।

यस्तै अर्थ मन्त्री शर्माले आगामी चुनाव भन्दा अगाडीनै यो सरकारले नै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्णको शिलनायास गर्ने दाबी गरे । पर्यटन मन्त्रालयले चाहेमा तत्काल टेन्डर आवान गर्न सक्ने र रकमको कमी भएमा अर्थ मन्त्रालयले त्यसको आवश्यक बजेटको उपलब्थ गराउने बताए ।

यसैगरी राप्रपाका अध्यक्ष लिडदेनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अन्य कुनै बिकल्प नरहेको बताएका छन् । उनले कुनै पनि हालतमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गर्नुपर्नेमा जोड दिए ।

उनीहरुले भोलि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहल प्रचण्डलागाएतका नेताहरुसँग भेट्ने कार्यतालिका रहेको संयोजक श्रेष्ठले बताए ।

डेलिगेसनका निम्ति बाराबाट निजगढ सार्वजनिक सरोकार समिति संयोजक श्रेष्ठ सागै युवा विद्यार्थी, स्वतन्त्र सरोकार समिति संयोजक जयराम कुवर, कोल्हबी सार्वजनिक सरोकार समिति संयोजक ढुण्डिराज उप्रेती, पूर्व मन्त्री तथा एमाले नेता पुरुषोतम पौडेल, एमाले नेता अच्युत मैनाली, निजगढ सार्वजनिक सरोकार समिति उपसंयोजक पदम बहादुर भण्डारी, नेपाली कांग्रेस बाराका जिल्ला सदस्य कृष्ण प्रसाद खरेल, राप्रपाका निजगढ नगर अध्यक्ष खड्क प्रसाद उप्रेती, नेकपा एसका निजगढ नगर अध्यक्ष भिमसोन प्रसाद सापकोटा, लोसपाका निजगढ नगर अध्यक्ष मोजहर मनसुर, निजगढ नगरपालिकाको निवतमान उपप्रमुख लिला देवी लामीछाने खनाल, यम बहुदुर खड्का, अम्बिका चौलागाई, निमल बजगाई, धनश्याम तिमल्सिना लगाएतको टोली काठमाडौं पुगेको हो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ६ : १९ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता