१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

तोपेखोलामा पहिरो खस्यो, नारायणगढ मुग्लिन सडक आज पुनः अवरुद्ध



चितवन । बुधबार १४ घण्टा लगाएर खोलाइएको नारायणगढ मुग्लिन सडक आज पुनः अवरुद्ध भएको छ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तोपे खोलामा सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो ।

आज बिहान पौने ९ बजेको समयमा इच्छाकामना गाउँपालिका–६ तोपेखोला नजिकै सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको बागमती ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

हिजो राभरिको प्रयासमा पहिरो पन्छाएर सवारी साधनलाई पालैपालो गन्तव्यमा पुर्याइरहेको बेला फेरि खसेको पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती पाएका छन् ।

पहिरोले अवरुद्ध भएको सडकमा सवारी चालकहरुले जथाभावी सवारी साधन अगाडि बढाउन खोज्दा थप जाम हुन पुगेको बागमती ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी सुशिलस्.िक राठौरले बताए । पहिरो हटाउने क्रम जारी छ । सुख्खा पहिरो खस्ने क्रम नरोकिएकाले सडक खुल्न असहज भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  १० : ०१ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग