२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

तोपेखोलामा पहिरो खस्यो, नारायणगढ मुग्लिन सडक आज पुनः अवरुद्ध



चितवन । बुधबार १४ घण्टा लगाएर खोलाइएको नारायणगढ मुग्लिन सडक आज पुनः अवरुद्ध भएको छ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तोपे खोलामा सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो ।

आज बिहान पौने ९ बजेको समयमा इच्छाकामना गाउँपालिका–६ तोपेखोला नजिकै सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको बागमती ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

हिजो राभरिको प्रयासमा पहिरो पन्छाएर सवारी साधनलाई पालैपालो गन्तव्यमा पुर्याइरहेको बेला फेरि खसेको पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती पाएका छन् ।

पहिरोले अवरुद्ध भएको सडकमा सवारी चालकहरुले जथाभावी सवारी साधन अगाडि बढाउन खोज्दा थप जाम हुन पुगेको बागमती ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी सुशिलस्.िक राठौरले बताए । पहिरो हटाउने क्रम जारी छ । सुख्खा पहिरो खस्ने क्रम नरोकिएकाले सडक खुल्न असहज भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  १० : ०१ बजे

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर । जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका

बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने

काठमाडौं । भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका

भरतपुरमा इभी गाडीमा आगलागी, चालकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका-९ पूर्व-पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा

आज १६१ औँ मोती जयन्ती मनाइँदै

काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१ औँ जन्मजयन्ती

प्रतिनिधिसभाको बैठक बस्दै, दुई विधेयकमा छलफल हुँदै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा