६ श्रावण २०८३, बुधबार | July 22, 2026

नाडा लुम्बिनीको सचिवालय समुद्घाटन



बुटवल । लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपाल नाठा लुम्बिनी प्रदेशको सचिवालय समुद्घाटन गरिएको छ ।

नाडा अटोमोबाईल्स एशोसियसन अफ नेपाल काठमाण्डौ अध्यक्ष ध्रुव बहादुर थापाले एक समारोहका बिच समुद्घाटन गर्दै ब्यवसायीहरु संस्थागत एकतावद्घ भएर लाग्न सुझाव दिए । अटोमोबाईल ब्यवसाय सुस्ताएको अवस्था रहेको उनले बताए। थुप्रै नेपाली युवाहरुलाइ स्वदेशमा रोजगार सृजना गरेको ब्यवसायप्रति सरकार उदासिन भएको उनले गुनासो गरे ।

बिलासितामात्र नभई आधारभुत आवश्यकताको रुपमा अटोमोबाईललाई सरकारले राख्नु सकारात्मक भएको उनले दाबी गरे । सरकारको बजेटमा पुर्वाधार विकासका रुपमा सडक प्राथमिकतामा राखिनुपर्ने बताए । कार्यालय स्थापना गर्दा केन्द्रबाट समेत ५ लाख रुपैयाका साथै आवश्यकता तालिम र विकासका सहयोग गर्ने बताए। सामाजिक क्षेत्रको योगदानमा काम गर्ने शाखाहरुलाई वार्षिक २ लाख रुपैया सहयोग गर्ने उनले प्रतिवद्घता जनाए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्ण प्रसाद दुलाल, महासचिव सुरेन्द्र कुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, काकास अनुप कुमार बराल, गोपाल भट्टराईले सफल कार्यकालको शुभकामना दिए ।

कार्यक्रममा नाडाका अध्यक्ष गणेश प्रसाद भट्टराईले केन्द्रको पहलमा प्रदेश स्थापना गरिएको बताए । अटो ब्यवसायीहरुको मुल मुद्घालाई केन्द्रमा राखेर संस्थागत विकासको लागि केन्द्रसंग समन्वय गरि अगाडि बढ्ने उनले प्रतिवद्घता जनाए ।

यसैगरि नाडा लुम्बिनीका वरिष्ठ उपाध्यक्ष सन्तोष पाण्डे, महासचिव रोशन पाण्डे, कार्यक्रमका संयोजकहरु तिलक राम पाण्डे, प्रवेश कुमार भट्टराईले खुला सिमाना र बिना दर्ता झोले ब्यवसायी मुख्य समस्याका रुपमा रहेको बताए ।

प्रदेशका १२ जिल्लाका १ सय ५ जना ब्यवसायी आवद्ध छन । मालबाहक तथा सवारी आयातकर्ता, अटो स्पेयरपार्टका आयातकर्ता, अटोपार्टका ब्यापारी गरि ३ किसिमका सदस्यहरु छन । यसैबिच शुक्रबार केन्द्रीय र प्रदेश समितिका पदाधिकारी, सदस्यका बिचमा छलफल कार्यक्रम राखिएको छ भने ब्यवासयीहरुलाई एकदिने भन्सार, भिसिटिएस र कर सम्बन्धि तालिम समेत गरिदै छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  १० : १४ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज