७ चैत्र २०८२, शनिबार | March 21, 2026

बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा हुने कर्जा प्रवाह १३.४ प्रतिशतले बढ्यो



काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा हुने कर्जा प्रवाह १३.४ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २३.८ प्रतिशतले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०७९ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १६.६ प्रतिशतले बढेको छ ।

पछिल्लो दश महिनामा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १३ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १४.७ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह २८.२ प्रतिशतले बढेको छ ।

२०७९ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.४ प्रतिशत कर्जा चालु सम्पत्ति ९कृषि तथा गैर–कृषिजन्य वस्तु० को धितोमा प्रवाह भएको छ ।

२०७८ वैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.९ प्रतिशत र १२.४ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७८/७९ को दश महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १८.९ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १०।३ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १२.१ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १५.६ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८.५ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ५ : ०३ बजे

पाथीभरामा पाँचौँ पटक हिमपात

ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ ।

बुटवल-नारायणगढ सडक अवरुद्ध

नवलपरासी । वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन

‘अमेरिकी सुरक्षा ग्यारेन्टी’बारे दुबईजस्ता शहरहरूको भ्रम कसरी भयो चकनाचूर !

पछिल्ला केही दशकमा, जब लेबनानमा बम वर्षा भइरहेको थियो, इराकमा

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

काठमाडौं । शुक्रबार बिहान १०ः०० बजेतिर नागार्जुनको बारीको पाटामा एउटा