१४ असार २०८३, आइतबार | June 29, 2026

वेष्ट इन्डिजविरुद्ध पाकिस्तानलाई श्रृंखला



काठमाडौं । वेष्ट इन्डिजविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला घरेलु टोली पाकिस्तानले एक खेल अघिनै जितेको छ । शुक्रबार भएको खेलमा १२० रनको जित निकाल्दै पाकिस्तानले तीन खेलको श्रृंखला एक खेल अघिनै २-० ले जितेको हो ।

मुल्तानमा २७६ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज ३२ ओभर २ बलमा सबै विकेट गुमाउँदा १५५ रनमा समेटियो । वेष्ट इन्डिजका सामर ब्रुकले सर्वाधिक ४२ रन बनाए । यस्तै, केयले मायर्स ३३, कप्तान निकोलास पुरनले २५ रनको बनाए । पाकिस्तानका प्लेयर अफ दि म्याच मोहम्मद नवाजले सर्वाधिक ४ विकेट लिए । यस्तै, मोहम्मद वासिमले तीन विकेट लिए ।

यसअघि टस जितेर सुरुवाती ब्याटिङ गरेको पाकिस्तानले दुई खेलाडीको अर्धसतकमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७५ रन बनायो ।

पाकिस्तानका बबर अजामले सर्वाधिक ७७ रन बनाए । यस्तै अमाम उल हकले ७२ रनको योगदान गरे । यता, सदाव खान र खुस्दील शाहले समान २२ रन जोडे । वेष्ट इन्डिजका एकेअल हुसेइनले सर्वाधिक तीन विकेट लिए ।

अब, तेस्रो तथा अन्तिम खेल आईतबार हुनेछ ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ७ : १६ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा