६ पुस २०८२, आइतबार | December 21, 2025

वेष्ट इन्डिजविरुद्ध पाकिस्तानलाई श्रृंखला



काठमाडौं । वेष्ट इन्डिजविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला घरेलु टोली पाकिस्तानले एक खेल अघिनै जितेको छ । शुक्रबार भएको खेलमा १२० रनको जित निकाल्दै पाकिस्तानले तीन खेलको श्रृंखला एक खेल अघिनै २-० ले जितेको हो ।

मुल्तानमा २७६ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज ३२ ओभर २ बलमा सबै विकेट गुमाउँदा १५५ रनमा समेटियो । वेष्ट इन्डिजका सामर ब्रुकले सर्वाधिक ४२ रन बनाए । यस्तै, केयले मायर्स ३३, कप्तान निकोलास पुरनले २५ रनको बनाए । पाकिस्तानका प्लेयर अफ दि म्याच मोहम्मद नवाजले सर्वाधिक ४ विकेट लिए । यस्तै, मोहम्मद वासिमले तीन विकेट लिए ।

यसअघि टस जितेर सुरुवाती ब्याटिङ गरेको पाकिस्तानले दुई खेलाडीको अर्धसतकमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७५ रन बनायो ।

पाकिस्तानका बबर अजामले सर्वाधिक ७७ रन बनाए । यस्तै अमाम उल हकले ७२ रनको योगदान गरे । यता, सदाव खान र खुस्दील शाहले समान २२ रन जोडे । वेष्ट इन्डिजका एकेअल हुसेइनले सर्वाधिक तीन विकेट लिए ।

अब, तेस्रो तथा अन्तिम खेल आईतबार हुनेछ ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ७ : १६ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा