१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

ढिलासुस्ती गर्ने ठेकेदारविरुद्ध नगरले गर्‍यो सार्वजनिक सुनुवाई



खोटाङ । सडक ढलानको काममा ढिलासुस्ती गर्ने ठेकेदारविरुद्ध खोटाङमा निर्माणस्थलमै सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलस्थित दिक्तेलबजारको सडक ढलानको काममा चरम ढिलासुस्ती गरिरहेको सूर्य विकास जेभीविरुद्ध शुक्रबार दिक्तेलको सल्लेरी टोलमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

सडक ढलानको अवरुद्ध काम हप्ता दिनभित्र सुचारु गर्न १६ जेठमा पत्राचार गर्दा समय सीमाभित्र काम सुरु नगरेपछि स्थानीयको उपस्थितिमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ठेकेदारविरुद्ध सार्वजनिक सुनुवाई कार्यक्रम राखेको जनाएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर बिसन राई लगायतको उपस्थिति रहेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयले सडक ढलानको अवरुद्ध काम तत्काल सुरु गरेर सम्पन्न गर्नुपर्ने माग राखेका छन् । लामो समयदेखि दिक्तेलबजारको सडक ढलान कार्य स्थगित हुँदा बजार क्षेत्रमा यतायात अवरुद्ध भएको, स्थानीयलाई हिँडडुल गर्न समस्या भएको, दुर्घटनाको जोखिम निम्तिएको स्थानीय नेत्र कट्वालले बताए ।

दिक्तेल बजारको मानव अधिकार चोकदेखि त्रिबेणीचोकसम्मको सडक ढलान गर्ने ठेक्का लिएको सूर्य विकास जेभीले हाल बेस क्याम्प क्षेत्रमा पुगेर सडक ढलानको काम अलपत्र पारेको छ । आलटालको शैलीमा काम गर्दैआएको निर्माण कम्पनीले गत वैशाख दोश्रो साता यता काम ठप्प पारेको हो । निर्माण कम्पनीले सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाको २ करोड ६८ लाख वजेटमा २० मंसिर २०७८ सम्ममा बजार सडक ढलानको काम पूरा गर्नेगरी १० असार २०७८ मा सम्झौता गरेको थियो ।

निर्माण कम्पनीले मानव अधिकार चोकबाट बेस क्याम्पसम्मको खण्डमा गत २२ असोज राती ढलान सकेको थियो । तर, बेस क्याम्पबाट त्रिबेणीचोकसम्मको ढलानका लागि बेस क्याम्प क्षेत्रमा स्काभेटरले सडक खनेर असरल्ल छाड्दा आवत-जावत गर्न समस्या सिर्जना भएको हो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ७ : ५१ बजे

तिब्बतमा सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

ल्हासा । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा

चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि

लुम्बिनीका होटल व्यवसायी आन्दोलित

भैरहवा । पटक पटक अन्दोलित बनेका लुम्बिनी क्षेत्रका होटल व्यवसायी

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राखिने

काठमाडौं । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय

खुमबहादुर खड्कालाई भ्रष्टाचारको झुठ्ठो मुद्दामा फसाइयो, उनको योगदान अतुलनीय छ : सभापति देउवा

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर