३ आश्विन २०८३, शनिबार | September 19, 2026

ढिलासुस्ती गर्ने ठेकेदारविरुद्ध नगरले गर्‍यो सार्वजनिक सुनुवाई



खोटाङ । सडक ढलानको काममा ढिलासुस्ती गर्ने ठेकेदारविरुद्ध खोटाङमा निर्माणस्थलमै सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलस्थित दिक्तेलबजारको सडक ढलानको काममा चरम ढिलासुस्ती गरिरहेको सूर्य विकास जेभीविरुद्ध शुक्रबार दिक्तेलको सल्लेरी टोलमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

सडक ढलानको अवरुद्ध काम हप्ता दिनभित्र सुचारु गर्न १६ जेठमा पत्राचार गर्दा समय सीमाभित्र काम सुरु नगरेपछि स्थानीयको उपस्थितिमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ठेकेदारविरुद्ध सार्वजनिक सुनुवाई कार्यक्रम राखेको जनाएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर बिसन राई लगायतको उपस्थिति रहेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयले सडक ढलानको अवरुद्ध काम तत्काल सुरु गरेर सम्पन्न गर्नुपर्ने माग राखेका छन् । लामो समयदेखि दिक्तेलबजारको सडक ढलान कार्य स्थगित हुँदा बजार क्षेत्रमा यतायात अवरुद्ध भएको, स्थानीयलाई हिँडडुल गर्न समस्या भएको, दुर्घटनाको जोखिम निम्तिएको स्थानीय नेत्र कट्वालले बताए ।

दिक्तेल बजारको मानव अधिकार चोकदेखि त्रिबेणीचोकसम्मको सडक ढलान गर्ने ठेक्का लिएको सूर्य विकास जेभीले हाल बेस क्याम्प क्षेत्रमा पुगेर सडक ढलानको काम अलपत्र पारेको छ । आलटालको शैलीमा काम गर्दैआएको निर्माण कम्पनीले गत वैशाख दोश्रो साता यता काम ठप्प पारेको हो । निर्माण कम्पनीले सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाको २ करोड ६८ लाख वजेटमा २० मंसिर २०७८ सम्ममा बजार सडक ढलानको काम पूरा गर्नेगरी १० असार २०७८ मा सम्झौता गरेको थियो ।

निर्माण कम्पनीले मानव अधिकार चोकबाट बेस क्याम्पसम्मको खण्डमा गत २२ असोज राती ढलान सकेको थियो । तर, बेस क्याम्पबाट त्रिबेणीचोकसम्मको ढलानका लागि बेस क्याम्प क्षेत्रमा स्काभेटरले सडक खनेर असरल्ल छाड्दा आवत-जावत गर्न समस्या सिर्जना भएको हो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ७ : ५१ बजे

सहिदको रगतले लेखेको संविधान, हामी कामले पूरा गर्छौं : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र

मोदीखोलाको बाढीले भत्काएको बिरेठाँटी सडक सञ्चालन, घान्द्रुक जाने बाटो खुल्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको