२२ मंसिर २०८२, सोमबार | December 9, 2025

भारतीय पक्षले सडकका नाममा बाँध निर्माण गरेपछि नेपालमा डुबानको समस्या आएको स्थानीयको गुनासो



नेपालगन्ज । भारतले दशगजा नजिकै सडक बनाउने नाममा बाँध बानेर नेपालमा डुबानको समस्या भएको सरोकारवालाहरुले गुनासो गरेका छन् । नेपालगन्जमा बिहीबार नेपाल भारत खुला सीमा संवाद समूह नेपालगन्जले नेपालगन्ज–रुपैडिया जनसम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सीमामा सडक बनाउने नाममा भारतीय पक्षले बाँध बनाएर नेपालमा डुबान हुने गरेको बताए । उनीहरुले भारतीय सवारी नेपालमा सहज भित्रने गरेपनि भारतीय पक्षले नेपाली सवारी साधनको पास बनाउन २ दिन लगाउने गरेको गुनासो गरे ।

नेपाल र भारतका स्थानीय राजनीतिकर्मी, पत्रकार र जनप्रतिनिधिको सहभागितामा गरिएको कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका उप प्रमुख कमरुद्दीन राईले भारतले सीमा नाकामा बनाएको सडकm सडक नभएरबाँधको रुपमा बनाइएको बताए । उनले सोही सडक नाम दिइएको बाँधका कारण नेपालमा डुबानको स्थिति निम्त्याउने गरेको बताए । उनले भारतीय गाडी नेपालमा सहजरुपमा प्रवेश गर्न पाउने तर नेपाली गाडीको लागि पास पाउन २÷३ दिनको समय लाग्ने समस्या देखिएको बताए ।

अन्तरक्रियामा सहभागीहरुले नेपाल–भारत सीमा नाकामा रिक्साको आवात–जावतमा रोक लगाएका कारण जनमानसले सास्ती भग्नु परेको, नेपालगन्जका होटल व्यवसायले सुरक्षाको मापदण्ड प्रयोग नगरेको, खुला सिमानाका कारण अवैध चोरीपैठारी भई रहेको, भारतमा नेपाली गाडीहरुले सहज पास पाउन नसकेको जस्ता समस्या उठाएका थिए ।

त्यसैगरी कार्यक्रमका सहभागीहरुले नेपालगन्जका होटल व्यवसायी र घरधनीले घर तथा कोठा भाडामा दिँदा अनिर्वाय रुपमा परिचयपत्रको नियम लागू गर्नु पर्ने सुझाव दिए ।

नेपालगन्ज र रुपैडियाका जनताले भोगेका समस्याका बारेमा छलफल गर्न कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अशोक कोईराला, राप्रपाका नन्दलाल बैश्य, जडिबुटी व्यवसायी रबिन्द्रनाथ शुक्ला लगायतले नेपाल तर्फका समस्याहरु राखेका थिए ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  १० : १४ बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट