७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

उत्तर कोरियामा पहिलो महिला विदेशमन्त्री



प्योङयाङ । उत्तर कोरियाले दिग्गज कूटनीतिज्ञ चो सन-हुईलाई पहिलो महिला विदेशमन्त्रीको रूपमा नियुक्त गरेको छ । प्योङयाङले एकपछि अर्को आणविक परीक्षण गरेको र त्यस्ता परीक्षण रोक्ने अमेरिकी आह्वानलाई बेवास्ता गरिरहेका बेला पहिलो महिला विदेशमन्त्री नियुक्त गरेको हो ।

यसअघि उपविदेशमन्त्रीका रूपमा काम गरिसकेकी चोले नेता किम जोङ उनको निरीक्षणमा भएको सत्तारुढ दलको बैठकमा विदेश मन्त्रालयको नेतृत्व गर्ने अनुमान गरिएको थियो । उनले री सन ग्वनलाई विस्थापित गरेकी हुन् । पूर्वसैन्य अधिकारी ग्वन एक कट्टर नेता हुन् । उनले दक्षिण कोरियासँग भएको वार्ताको नेतृत्व गरेका थिए ।

चो धाराप्रवाह अंग्रेजी बोल्छिन् । केही वर्षअघि उत्तर कोरियाको अमेरिकासँग आणविक वार्ताको क्रममा उनी किमको नजिकको सहयोगीको रूपमा थिइन् । उत्तर काेरियाली नेता किमले अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्दा चो किमको कूटनीतिक सहयोगीको भूमिकामा थिइन् ।

सन् २०२९ को फेब्रुवरीमा हनोइमा उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको असफल वार्तापछि एउटा दुलर्भ पत्रकार सम्मेलन आयोजना गरेकी थिइन् । वार्ता बिफल हुनुमा अमेरिकालाई दोष लगाएकी थिइन् । ‘हाम्रो प्रस्ताव अस्वीकार गरेर उत्तर कोरियाले सुनौलो मौका गुमायो’, उनले त्यतिबेला भनेकी थिइन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ४ : ०९ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने