२ श्रावण २०८३, शनिबार | July 18, 2026

विपद् जोखिमको पूर्व तयारीमा रहन गृहमन्त्रीको सशस्त्र प्रहरी बललाई निर्देशन



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले विपदको समयमा पूर्वतयारी र विपद्पछि खोजी र उद्धारका लागि सदैव तयारी अवस्थामा रहन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् ।

सशस्त्रको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा सञ्चालित सिसं २ गोताखेर तालिमको समापन गर्दै मन्त्री खाणले विपद् जोखिम न्यूनीकरणका लागि सशस्त्र प्रहरी बल नेपाल अब्बल सुरक्षा निकायको रुपमा प्रस्तुत भएको बताए । उनले यस्ता कार्यका लागि नेपाल सरकार र गृहमन्त्रालयका तर्फबाट निरन्तर सहयोग र सहजीकरण हुने विश्व व्यक्त गरे।

समारोहमा मन्त्री खाणले तालिममा प्रथम भएका सशस्त्र प्रहरी जवान शिव कोलीलाई पुरस्कार प्रदान गरे । उनले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका तर्फबाट उपलब्ध गराइएको ९७ लाख बराबरको विभिन्न किसिमका विपद् उद्धार सामग्रीसमेत हस्तान्तरण गरेका थिए। मन्त्री खाणले डिजास्टर म्यानेजमेन्टर रेकर्ड एण्ड एक्जिविसन सेन्टरको समेत अवलोकन गरेका थिए।

सोही अवसरमा गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरी बल नेपाल तालिम शिक्षालय कुरिन्टारमा रहेको डिजास्टर म्यानेजमेन्ट रेकर्ड एण्ड एम्जिविसन सेन्टरको समेत अवलोकन गरेका थिए ।

समारोहमा गृहसचिव टेकनाराण पाण्डेले विपद्‍मा परेका आम नागरिको जीउ धनको सुरक्षा गर्नु सबैको कर्तव्य भएको बताउँदै विपद् तथा महामहारी आउनुभन्दा अगावै पूर्व तयारी भएर बस्न सकियो भने कार्यक्षेत्रमा सदैव सफलता मिल्ने बताए ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  १० : ४६ बजे

घट्यो नेपालगन्ज भन्सारको राजश्व सङ्कलन, गत आवको तुलनामा १६ करोड कम राजश्व

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा

उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

काठमाडौं । उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा रु ५८

बागमती सरकारबाट राजीनामा दिन आफ्ना मन्त्रीलाई एमालेको निर्देशन

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का सबै ६ मन्त्रीलाई

इरानको चेतावनी : अमेरिकी सेना रहेका देशहरू ‘उचित जवाफ’का लागि तयार रहून्

काठमाडौं। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले आफ्नो भूमिमा अमेरिकी

बुटवल कोरा २०२६ : मुक्तिनाथ बाबा साइकलमा सरर… …

बुटवल । मणिमुकुन्द बुटवल कोरा २०२६ शनिबार सम्पन्न भएको छ