२६ बैशाख २०८१, बुधबार | May 8, 2024

आजको प्रतिनिधिसभा बैंठकमा दुई मन्त्रालयको बजेटमाथि छलफल हुने



काठमाडौं । प्रतिनिधिसभाको आजको बैंठकमा दुई मन्त्रालयको बजेटमाथि छलफल हुने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते बजेट पेश गरेका थिए । त्यसयता निरन्तर बजेटमाथि छलफल चलिरहेको छ ।

आज प्रतिनिधिसभाको बैठकमा शहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ । यसका लागि बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

यससँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको बजेटका विषयमा पनि छलफल हुनेछ ।

बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले खचै कटौतीको प्रस्ताव दर्ता गराएका छन् । उनीहरुले विनियोजन विधेयक २०७९ अन्तर्गत छलफल हुने दुई मन्त्रालय र तीन निकायको उल्लिखित खर्च कटौतीको छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएका हुन् ।

त्यस्तै, सांसद कृष्णभक्त पोखरेलले शहरी विकास मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँमा कायम गरियोस् भनी खर्च कटौतीको प्रस्ताव दर्ता गराएका छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ८ : २३ बजे

सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयकका सम्बन्धमा सुझाव सङ्कलन गर्न उपसमिति गठन

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सार्वजनिक

कोशी प्रदेशमा नयाँ सरकारको प्रक्रिया बढाउन माग

विराटनगर । कोशी प्रदेशसभाका दुई ठूला दल नेकपा (एमाले) र

दाँत परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि आज

वर्षापछि वायु प्रदूषण घट्दै

कामठाडौं । सोमबारदेखि भएको हावाहुरीसहितको वर्षासँगै काठमाडौं उपत्यकालगायत मुख्य सहरको

साना तथा घरेलु उद्योगले देशको अर्थतन्त्र उकास्ने : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले साना तथा घरेलु उद्योगले देशको