७ आश्विन २०८३, बुधबार | September 23, 2026

पाँच महिनामा पाँच लाखभन्दा बढी नेपालीले देश छोडे



काठमाडौं । पछिल्लो पाँच महिनामा ५ लाखभन्दा बढी नेपालीले देश छोडेका छन् ।

गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा उनीहरु विभिन्न उदेश्यले विदेश गएका हुन् ।

यो संख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेको मात्र भएको विभागले जनाएको छ ।

विभागका अनुसार पछिल्लो पाँच महिनामा ५ लाख ६ हजार ४३० नेपाली विदेश गएका छन् । सोही अवधिमा विदेशबाट ३ लाख ८४ हजार २५५ जना स्वदेश फर्केका छन् ।

सन् २०२२ को जनवरीमा १ लाख ५ हजार ९७२, फेव्रुअरीमा ८० हजार ५२१, मार्चमा ९८ हजार ५५५, अप्रिलमा १ लाख ७ हजार ६६६ र मेमा १ लाख १३ हजार ७१६ जना नेपाली विदेश गएका छन् ।

विभागको तथ्याङ्कअनुसार सन् २०२१ मा ६ लाख ४६ हजार ५६३ र सन् २०२० मा ३ लाख ८७ हजार ९९४ जना विभिन्न उदेश्यले विदेश गएका थिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ३ : १० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई