१४ असार २०८३, आइतबार | June 29, 2026

वेष्ट इन्डिजविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’



काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय एकदिवसीय खेलमा वेष्ट इन्डिजलाई डीएल म्याथोड पद्धतिमा ५३ रनले पराजित गर्दै पाकिस्तानले श्रृंखलामाथि ३-० को ‘क्लिन स्विप’ गरेको छ ।

घरेलु मैदानमा मुल्तान पाकिस्तानले प्रस्तुत गरेको २७० रनले लक्ष्य पछ्याएको वेष्ट इन्डिज ३७ ओभर २ बलमा २१६ रनमा समेटिएको थियो ।

वेष्ट इन्डिजका एक खेलाडीले मात्रै अर्धसतकीय योगदान गरे । एकेअल होसेनले सर्वाधिक ६० रन बनाए । पाकिस्तानका सादव खानले सर्वाधिक ४ विकेट लिए ।

यस अघि घरेलु मैदानमा टस जितेर ब्याटिङ गरेका पाकिस्तानले ४८ ओभरमा छोट्टाइएको खेलमा नौ विकेट गुमाउँदै २६९ रनको योगफल तयार पारेकाे थियाे । पाकिस्तानका दुई खेलाडीले अर्धसतक पूरा गरे । सदाव खानले सर्वाधिक ८६ रन बनाए भने इमाम उल हकले ६२ रन जोडे । वेष्ट इन्डिजका निकोलास पूरानले सर्वाधिक ४ विकेट लिए ।

यस अघि पहिलो खेल पाकिस्तानले पाँच विकेट र दोस्रो खेल १२० रनले आफ्नो पक्षमा पारेको थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ६ : ५८ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा