१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

नेपाल युक्रेनभन्दा संवेदनशील अवस्थामा रहेको छः एमाले उपमहासचिव ज्ञवाली



काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अहिले नेपाल युक्रेनभन्दा संवेदशिल अवस्थामा रहेको बताएका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आज बोल्दै उनले संयम भएर परराष्ट्र नीतिको अभ्यास गर्न उनले सरकारलाई सचेत गराएका छन् ।

‘आज युक्रेनमा जे देखिएको छ । त्यसतर्फ हामीले पनि ख्यल्ल गर्नुपर्ने हुन्छ,’ उपमहासचिव ज्ञवालीले भने ।

वर्तमान सरकारले चीनसँग गरेको व्यवहार ठिक नभएको समेत उनले बताए ।

‘बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) अनुदानमा पाए लिने नत्र नलिने । सित्तैमा पाए अलकत्रा खाने हो । चीनसँग वर्तमान सरकारको नीति ठिक भएन,’ उपमहासचिव ज्ञवालीले भने, ‘ऋण लिने वा अनुदान भन्ने मेरिट बेसमा हुनुपर्छ । हामीले कुनै सहायता सित्तैमा पाए पनि लिनु हुँदैन । तर, आवश्यकता प¥यो भने ऋण पनि लिने हाम्रो नीति हो ।’

केही दिनअघि तिब्बत मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्रीको नेपाल भ्रमणप्रति उनले आपत्ति जनाए । उनले भने, ‘छिमेकलाई र उसको चासोलाई बेवास्था गरेर हामी जे गर्दै छौं त्यसले हामीलाई अप्ठेरोमा पार्छ ।’

समग्रमा वर्तमान सरकारको छिमेक सम्बन्ध ठीक नभएको उनले बताए । वर्तमान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सुरुमै बिदेशीका लागि कन्फरटेवल सरकार भनेर परराष्ट्र नितिबारे गलत अभ्यास सुरु गरेको आरोप उनले लगाए ।

‘सीमाबारे हामीले कालापानीलाई संविधान नै समेटेर नक्सामा राख्यौं । त्यो भुभाग लिनेतिर ध्यान दिएनौं । बरु समस्या नै नभएको चीनबारे सिमा मिचिएको भनी अध्ययन गर्यौं । के आयो रिजल्ट रु,’ उपमहासचिव ज्ञवालीले प्रश्न गरे ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ६ : १३ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर