६ भदौ २०८३, शनिबार | August 22, 2026

काँग्रेसले चुनाव जित्दा खुसी मनाउनेहरुलाई वामपन्थी भन्न सकिन्न : प्रदीप ज्ञवाली



बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकता बिधेयकमा माओवादी केन्द्रले आफ्नो अडानबाट पछि हटेर आफ्नै साँसदहरुको भावनामा चोट पु-याएको बताएका छन् ।

प्रेस चौतारी श्रपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले माओवादी केन्द्रकै साँसदहरुले संशोधन प्रस्ताव राखेको नागरिकताको बैबाहिक अंकिकृत नागरिकताको एजेण्डा बिपरित बिधेयक पास गरिएको बताए । रहश्यमय तरिकाबाट बिधेयक पास गरिएको उनले बताए ।

नोकरी, ब्यापार, ब्यवसाय र अन्य क्रियाकलाप गर्न दिएपनि बिबाह गरेर ल्याईए लगत्तै नागरिकता दिनु पर्ने मागको एमालेले पहिले पनि बिरोध गरेको र अहिले पनि विपक्षमा रहेको ज्ञवालीले बताए । बैबाहिक अंगिकृत बाहेकका अन्य एजेणमा भने सरल र सहज तरिकाले हरेक नेपालीले नेपाली नागरिकता पाउनु पर्ने पक्षमा एमाले रहेको पनि उनले प्रष्ट पारे ।

गठबन्धन नगरि चुना जितिन्न भन्ने सोँचमा एमाले नरहेको दाबी गर्दै उपमहासचिव ज्ञवालीले एमाले सत्ता प्राप्त गर्नकै लागि जोसँग पनि लहसीनु पर्छ भन्ने मान्यताबाट एमाले टाढा रहेको बताए । सत्ता नै सबै कुरा हो भनेर जो सँगपनि लहसीने काम एमालेले गर्देन । उनले भने ।

काँग्रेसले आफ्नै नेतृत्वमा सरकार बन्न्े गरि मात्र गठबन्धन गर्ने गरि गरेको निर्णयबाट सत्ता साझेदार अन्य दलले पसिना कढेको चर्चा गर्दै उनले काँग्रेसलाई तर्साउनकै लागि बाम गठबन्धन र बाम एकताको फन्दा चलाईएको बताए । अलि पहिले प्रधानमन्त्रीको अफर आयो भन्ने फन्दा चलाईएको थियो, त्यो फेल खायो अव बाम एकताको फन्दा चलाइृएको छ । ज्ञवालीले भने ।

काँग्रसले चुनाव जित्दा खुसी बनाउनेहरुलाई बामपन्थी मान्न नसकिने भन्दै उनले एमालेको नेतृत्व स्विकार गरेर देश विकास र समृद्दीको एजेण्डा मिल्नेहरुसँग भने चुनावी एकता हुन सक्ने बताए ।

 

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  १ : १७ बजे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

ललितपुर । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र

स्वेजको विकल्प बन्दै नर्दन सी रुट ‘आर्कटिक मार्ग’, व्यावसायिक चुनौती कायमै

पेरिस । खाडी क्षेत्रमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै