१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

सिमामा रोकिएको ७५ टयाङ्कर र ४८ ग्याँस बुलेट नेपाल भित्रियो



भैरहवा । शनिबारदेखि सीमामा रोकियो पेट्रोलियम पदार्थको ट्यांकर सोमबार अबेर भैरहवा भन्सार कार्यालय भित्रिएको छ । भारतीय भन्सार कार्यालयले एडी कोड नभएको भन्दै ३ दिनदेखि रोकेको ट्यांकर म्यानुअल रुपमा कोड प्रविष्ट गरेपछि साझ सवा ७ बजे नेपाल आएका हुन् ।

भारतीय भन्सार कार्यालयले प्रयोग गर्दै आएको सिस्टम अपडेट गर्दा नेपाल आउने पेट्रोलियम पदार्थ शनिबारदेखि सिमामा रोकिएको थियो । भारतीय भन्सार कार्यालयले एडी कोड प्रविष्ट गरेर मात्रै निर्यात दिने व्यवस्था अनिवार्य गरेपछि तेल आयात हुन सकेको थिएन। भारतीय आयल कर्पोरेशनले एडी कोड राख्नु पर्छ, शुक्रबारदेखि लागु भएको नयाँ व्यवस्था अनुसार कर्पोरेशनले कोड नराखिदिँदा नेपालतर्फ पेट्रोलको संचिति घटेको थियो ।

नेपाल आयल निगम प्रादेशिक कार्यालय भलवारीले भारतीय भन्सार कार्यालयमा प्रतिनिधि पठाएर म्यानुअल रुपमा काम अगाडि बढाएसँगै रोकिएका ट्याकर नेपाल आएको कार्यालय प्रमुख नव विनोद पोखरेलले जानकारी दिए । त्तकालका लागि आइओसीले म्यानुअल गरिदिनका लागि भारतीय भन्सारलाई अनुरोध गरेपछि हाललाई नेपाल आउने पेट्रोलियम पदार्थको अवरोध हटेको छ । आइओसीले छिटै आफ्नो सिस्टम अपडेट गरेर अनलाइन मार्फत् आइसिई गेट पोर्टलमा बैक, एडी कोड, खाता नम्बर, लोकेशन सहितको डाटा प्रविष्ट गर्छ ।

भारतमा रोकिएको डिजल पेट्रोलको ७५ वटा ट्यांकर र ग्यासको ४८ वटा बुलेट नेपाल आएको छ । भैरहवा भन्सार कार्यालयले भन्सार प्रक्रिया पु¥याई तत्कालै ट्याङकरहरु गनतव्यमा पठाउने भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तिर्थराज पासवानले बताए ।

‘आइओसी सिस्टममा नजाँदा समस्या आएको हो, भन्सारले जति सक्दो छिटो आएका ट्याङकर भन्सार गरेर पठाउँछु’ उनले भने ।

नेपालमा आइओसि मार्फत् तेल आउने गर्छ, भारतीय आइसिर्ई गेट पोर्टलमा बैक, एडी कोड, खाता नम्बर, लोकेशन सहितको डाटा प्रविष्ट गर्नुपर्छ । जसका लागि अनिवार्य रुपमा चालु रहेको खाताको पासवुकको फोटो र खाता वाहकको बैकले जारी गरेको प्रमाण पत्र चाहिन्छ । यि प्रक्रिया अपनाएर आधिकारिक रुपमा दर्ता र अध्यावधिक गर्नु पर्छ ।

३ दिन तेल आयात रोकिदा नेपाल तर्फ अभाव हुन थालेको थियो । डिजलको भण्डारण क्षमता भन्दा पेट्रोलको कम भएकोले बजारमा पेट्रोलको अभाव सृजना भइसकेको थियो । भन्सारबाट आएको टयाङकर तत्कालै प्रदेशिक कार्यालयले सम्बन्धित पेट्रोल पम्पमा राती नै पठाउने व्यवस्था मिलाएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  १० : १२ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा