२१ मंसिर २०८२, आइतबार | December 7, 2025

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री प्रहरी नियन्त्रणमा, उद्दार गरेर ल्याएको प्रहरीको भनाई



दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई स्थानीय महिलाहरुले घेरा हालेपछि प्रहरीले उद्दार गरेको छ ।

गृह जिल्ला दाङ पुगेकी राज्यमन्त्री वलीले तुलसीपुर उपमहानगरपालिका-५ बसपार्क स्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेको भन्दै महिलाहरुले वलीलाई घेराबन्दी गरेर राखेकोमा प्रहरी पुगेर उद्दार गरेको दाङ प्रहरीले जनाएको छ ।

महिलामाथि हातपात भएको र सोही शिलशिलामा स्थानीयले राज्यमन्त्रीलाई घेरेर राखेको खबर पाए लगत्तै प्रहरी पुगेर उद्दार गरेको दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिए ।

घटनाको पूर्ण विवरण आइनसकेको प्रहरीले जनाएको छ । राज्यमन्त्री ओली अहिले तुलसीपुर स्थित प्रहरी कार्यालयमा छिन् ।

गत वर्ष भदौमा  फेसबुकमा एकराजलाई चुम्बन गरेको फोटो सार्वजनिक भएको थियो । उक्त फोटोसहित समाचार प्रकाशित भएपछि उनले तस्वीर एडिट गरिएको र एकराज आफ्नो भाइ पर्ने दावी गरेकी थिइन्।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  १० : २७ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन