१६ बैशाख २०८३, बुधबार | April 29, 2026

खेलकुदमन्त्री सहितको नेपाली प्रतिनिधिमण्डल रुस पुग्यो, नेपाली दुतावास र एनआरएनद्वारा स्वागत



काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)सहितको एक नेपाली टोलि रुसको मस्को पुगेको छ । सोमबार बिहान नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै रुसको पाँच दिने औपचारीक भ्रमणमा निस्कीएका मन्त्री अथक दुबई हुँदै आज बिहान रुसको राजधानी मस्को पुगेका हुन् ।

मस्को विमानस्थलमा मन्त्री अथकसहितको नेपाली प्रतिनिधि मण्डललाई नेपाली दुतावास तथा एनआरएनएका प्रतिनिधिले स्वागत गरेका छन । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारीक निमन्त्रणामा रुस पुगेका मन्त्री अथकले आजै खेलकुद मन्त्री म्याटिसिनसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयका सचिव दामोदर रेग्मीले जानकारी दिए ।

पाँच दिने भ्रमणका क्रममा मन्त्री अथकले “रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना २०२२–२०२३” मा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । साथै रुसले खेलकुद क्षेत्रको विकासकालागि अवलम्वन गरेको निति तथा खेलकुद विश्वविद्यालय संचालनको प्रक्रियाका बारेमा समेत जानकारी लिनुका साथै अन्तर्राष्ट्रिय रंगशाला तथा खेलकुद संग्राहलयको समेत अनुगमन गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणकै दौरान मन्त्री अथकले अन्तराष्ट्रिय बक्सिङ संघका अध्यक्ष उमार क्रेमलेम, बक्सिङ महासंघ रसियाका महासचिव लगाएत विभिन्न खेलसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरुसँग नेपालको समग्र खेलकुद क्षेत्रको विकास तथा पारस्परिक सहयोगका विषयमा समेत कुटनैतिक भेटघाट तथा छलफल गर्नेछन् ।

मन्त्रालयका सचिव डा. दामोदर रेग्मीसहित रुसको भ्रमणमा रहेका मन्त्री अथक असार ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  २ : ४१ बजे

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात

सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह

काठमाडौँ । विपक्षी दलहरुले सङ्घीय संसद्को अधिवेशन अविलम्ब आह्वान गर्न

ठेक्काको विवरण हेरफेर प्रकरण : आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ

काठमाडौँ । सार्वजनिक खरिद अनुमगन कार्यालयको अनलाइन प्रणालीमा अनधिकृत पहुँच

अध्यादेश फिर्ता गर्न सरकारलाई नेपाल बारको आग्रह

काठमाडौं । आह्वान भइसकेको संघीय संसदको अधिवेशन स्थगित गराएर सरकारले

कांग्रेस रामेछाप सभापति कान्छाराम तामाङ निलम्बित

काठमाडौं । नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’