२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

एकीकृत समाजवादीको बैठकमा आज अध्यक्षको प्रतिवेदनमाथि छलफल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको १२ औं बैठकमा आज अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमाथि छलफल हुने भएको छ ।

अध्यक्ष नेपालले मंगलबार स्थायी कमिटीको बैठकमा स्थानीय तह निर्वाचन, २०७९ को समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसमाथि आज छलफल हुने भएको हो । त्यसका लागि बिहान ११ बैठक बस्दै छ ।

यसअघि मंगलबार केन्द्रीय कार्यालयमा बसेको बैठकमा हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षाका साथै सातवटै प्रदेशबाट प्रदेश इञ्चार्जले आ–आफ्नो प्रदेशको रिपोर्ट प्रस्तुत गरेको महासचिव डा. बेदुराम भुसालले बताए ।

रिपोर्ट प्रस्तुत गर्नेमा प्रदेश १ का घनेन्द्र बस्नेत, मधेश प्रदेशका रामचन्द्र यादव, बागमती प्रदेशका सावित्रा भुसाल, गण्डकी प्रदेशका केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशका भागवत विश्वासी, कर्णाली प्रदेशका प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशकी मदनकुमारी (गरिमा) शाह रहेका थिए ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले सम्बोधन गरेको बैठकमा पार्टी उपमहासचिव डा. विजय पौडेलको पूर्ण स्वास्थ्य लाभको कामना गरिएको थियो ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ८ : २० बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री