११ भदौ २०८३, बिहिबार | August 27, 2026

पुटिनका गार्डले उनको मलमूत्र विशेष सुटकेसमा बोक्छन्ः रिपोर्ट



पेरिस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यात्रा गर्दा रुसी संघीय सुरक्षा सेवा (एफपीएस)का कर्मचारीहरूले राष्ट्रपतिको मलमूत्र र पिसाब पकेटमा बोक्ने र एजेन्टहरूले त्यसलाई विशेष सुटकेसमा मस्को लैजाने गरेको खुलासा भएको छ । पुटिनको स्वास्थ्यसँग सम्बन्धित विषयलाई गोप्य राख्न यस्तो गरिएको खुलासा भएको हो ।

फ्रान्सेली पत्रिकामा छापिएको एउटा रिपोर्टअनुसार सन् २०१७ मा फ्रान्सको भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति इमानुएल म्याक्रोँलाई भर्साइलमा भेटेपछि पुटिनले यस्तो अभ्यास गरेका थिए । पत्रिकाअनुसार तीव्र दबाबबीच रूसी दूतावासका कर्मचारीहरूलाई पुटिनबारे ‘पूर्ण गोपनीयता’ कायम राख्न भनिएको थियो ।

शीर्ष रूसी अधिकारीहरूको सुरक्षाको लागि एफपीएसका एजेन्टहरू जिम्मेवार मानिन्छन् ।

युक्रेन युद्धदेखि नै रुसी राष्ट्रपतिको स्वास्थ्य महिनौंदेखि अनुमानको विषय बनेको छ । उनी क्यान्सरबाट पीडित हुनसक्ने अनुमान गरिएको छ, यद्यपि यसबारे अहिलेसम्म पुष्टि भएको छैन । रुसी प्रशासन क्रेमलिनले पुटिनको स्वास्थ्य अफवाहलाई बारम्बार अस्वीकार गर्दै आएको छ ।

फ्रान्सेली म्यागेजिनले सार्वजनिक गरेको रिपोर्टसँग मिल्ने एउटा घटनालाई केहीसमयअघि सेयर गरेको बीबीसीले जनाएको थियो, जहाँ दुई गार्डहरू एउटा विशेष सुटकेस बोकेर कोठाबाट बाहिर निस्केको र उनीहरूलाई पुटिन र अन्य दुई गार्डहरू पछ्याएको देखिन्छन् ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ९ : २० बजे

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

काठमाडौं । भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन

भोटेकोशी बाढी : खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत

विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता चाहिन्छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र

चिनियाँ पक्षको दाबी – नेपाली भूभागमै भूकम्प र हिमपहिरो जाँदा बाढी आयो

काठमाडौं। नेपाल र चीनमा ठूलो जनधनको क्षति हुने गरी आएको