१४ पुस २०८२, सोमबार | December 30, 2025

२० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्नुपर्ने कानुनी प्रावधान घटाउँदै सरकार



काठमाडौं । सरकारले २० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्ने विद्यमान कानुनी प्रावधान सच्चाउनका लागि गृहकार्य थालेको छ ।

२० वर्ष नपुगी बिहेवारी गर्न नपाउने कानुनी प्रावधानका कारण अपराध बढेको जनाउँदै सरकारले सो प्रावधान सच्याउनका लागि गृहकार्य सुरु गरेको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले यसबारेमा मन्त्रालयले अध्यययन गरिरहेको जानकारी दिए ।

‘१६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्छ, बिहे गर्न २० वर्ष कुर्नुपर्छ, व्यक्तिगत रुपमा बिहे गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्टान्डर्डले देखाउँदैन्,’ मन्त्री शर्माले प्रतिनिधिसभा बैठकमा भने, ‘बरु यसले अपराध बढाउने काम भइरहेको छ, बालविवाह सजाय भइरहेको छ, यसमा रिभ्भू गर्नुपर्छ, रिभ्यूको प्रोसेस कानुन मन्त्रालयले थालिसकेको जानकारी गराउन चाहन्छु ।’

उनका अनुसार २० वर्षभन्दा कम उमेरमा बिहे गरेका जोडाजोडीलाई प्रहरीले थुनामा राखेका कारण क्रमशः संख्या बढ्दै जाँदा सामाजिक संरचनामा नै नकारात्मक असर पर्दै गएको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ३ : ४८ बजे

४३ करोड बढी अपचलन भएको सहकारीलाई चलायमान बनाउन बन्यो तदर्थ समिति

नेपालगन्ज । बाँकेको नेपालगन्जमा रहेको सहकारी वित्तिय संस्था लिमिटेडबाट ४३

यस्तो छ रवि लामिछाने र कुलमानबीच भएको सहमति, साछीमा बालेन शाह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान

रवि सभापति, कुलमान उपसभापति र बालेन प्रस्तावित प्रधानमन्त्री हुनेगरि सहमति

काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र

नेकपा (एमाले)ले बुझायो समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते