२९ असार २०८३, सोमबार | July 13, 2026

प्रचण्ड भन्छन् – सरकारले एसपीपी सम्झौतामा हस्ताक्षर गर्दैन



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले अमेरिकी सैन्य रणनीतिक योजना स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी सम्झौता नगर्ने प्रष्ट पारेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित रितबहादुर खड्काको स्मृतिसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि हालतमा सम्झौतामा हस्ताक्षर नगर्ने प्रष्ट पारेका हुन् ।

प्रचण्डले आफु र गठबन्धनका नेताहरुसँग अमेरिकासँग कुनै सैन्य सम्झौता नगर्ने प्रतिवद्धता जनाएको बताए । उनले भने, ‘यहीँबाट घोषणा गर्न चाहन्छु’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले कुनै हालमा त्यसमा जान्न भन्नुभएको छ।’

प्रचण्डले एसपीपी कार्यान्वयन गर्ने काम सन् २०१९ मै केपी ओलीले गरेको आरोप लगाए । प्रचण्डले अहिले कुनै न कुनै रुपले राष्ट्रवादको पाखण्डी प्रचार गर्ने कसरत भइरहेको जिकिर गरे । यस्तै पाखण्डी प्रचार गर्नेहरुले सवैभन्दा वढि आत्मसमर्पण गर्ने गरेको इतिहास रहेको दाबी गर्दै उनले भने, ‘बरु यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने सहमति २०१९ मा केपी ओली नेतृत्वको सरकारले गरिसकेको तथ्य इतिहासमा छ । यो कुरा हामी सवैले बुझ्न जरुरी छ ।’

 

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  १० : ४७ बजे

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि बेवारिसे गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले

सभामुखप्रति कांग्रेसको असन्तुष्टि : ‘विपक्षको नाडी छाम्ने होइन, निष्पक्ष भूमिका निर्वाह गरुन!’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार