९ पुस २०८२, बुधबार | December 25, 2025

प्रचण्ड भन्छन् – सरकारले एसपीपी सम्झौतामा हस्ताक्षर गर्दैन



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले अमेरिकी सैन्य रणनीतिक योजना स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी सम्झौता नगर्ने प्रष्ट पारेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित रितबहादुर खड्काको स्मृतिसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि हालतमा सम्झौतामा हस्ताक्षर नगर्ने प्रष्ट पारेका हुन् ।

प्रचण्डले आफु र गठबन्धनका नेताहरुसँग अमेरिकासँग कुनै सैन्य सम्झौता नगर्ने प्रतिवद्धता जनाएको बताए । उनले भने, ‘यहीँबाट घोषणा गर्न चाहन्छु’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले कुनै हालमा त्यसमा जान्न भन्नुभएको छ।’

प्रचण्डले एसपीपी कार्यान्वयन गर्ने काम सन् २०१९ मै केपी ओलीले गरेको आरोप लगाए । प्रचण्डले अहिले कुनै न कुनै रुपले राष्ट्रवादको पाखण्डी प्रचार गर्ने कसरत भइरहेको जिकिर गरे । यस्तै पाखण्डी प्रचार गर्नेहरुले सवैभन्दा वढि आत्मसमर्पण गर्ने गरेको इतिहास रहेको दाबी गर्दै उनले भने, ‘बरु यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने सहमति २०१९ मा केपी ओली नेतृत्वको सरकारले गरिसकेको तथ्य इतिहासमा छ । यो कुरा हामी सवैले बुझ्न जरुरी छ ।’

 

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  १० : ४७ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना