८ बैशाख २०८१, शनिबार | April 20, 2024

वायु प्रदूषणले दिल्लीमा १० वर्ष र लखनउमा ९ वर्ष आयु घटायो



नयाँ दिल्ली । वायु प्रदूषण मानव स्वास्थ्यको लागि सबैभन्दा गम्भीर खतरा हो । भारतमा यस्तोे खतरा अझै उच्च देखिन्छ ।

शिकागो विश्वविद्यालय (इपीआइसी)को ऊर्जा नीति संस्थानका अनुसार दिल्ली संसारको सबैभन्दा प्रदूषित सहर हो । वायु प्रदूषणले दिल्लीमा लगभग १० वर्ष र लखनउमा साढे ९ वर्ष आयु घटाएको छ ।

एयर क्वालिटी लाइफ सूचांकअनुसार इन्डो–गंगाको मैदान संसारको सबैभन्दा प्रदूषित क्षेत्र हो । वर्तमान प्रदूषण स्तर जारी रहे पञ्जाबदेखि पश्चिम बंगालसम्म आधा अर्बभन्दा बढी मानिसहरूले औसत ७ दशमलब ६ वर्षको आयु गुमाउनेछन् ।

यसको विपरित बाल र मातृ कुपोषणले औसत आयु लगभग १ दशमलब ८ वर्ष र धुम्रपानले १ दशमलब ५ वर्षले घटाएको छ । प्रदूषणका कारण दिल्ली र लखनउमा फोक्सो र श्वासपश्वासका विरामी बढेका छन् । –एजेन्सी

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ११ : ४९ बजे

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

‘पुजार सार्की’को ‘दर्शन गरेँ’ सार्वजनिक

काठमाडौं । जेठ १० गते रिलिज हुने चलचित्र ‘पुजार सार्की’को

चिनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ । एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका