२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

सरकारको स्पष्टीकरण – एसपीपीमा नेपाल संलग्न हुँदैन हुँदैन हुँदैन



काठमाडौं । सरकारले एसपीपीमा नेपाल संलग्न छैन संलग्न हुने सोच पनि नरहेको स्पष्ट गरेको छ ।

प्रतिनिधिसभा बैठकमा रक्षामन्त्रीको तर्फबाट जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँडले अमेरिकी स्टेट पाटर्नरसिप प्रोग्राम एसपीपीमा नेपाल संलग्न नहुने स्पष्ट पारेका हुन् ।

मन्त्री खाँणले भने, ‘एसपीपीमा त हामी संलग्न हुँदै हुँदैनौं । यो प्रोग्राममा नेपाल संलग्न हुँदैन हुँदैन हुँदैन । कुनै आशंका नराखौं । । स्टेट पाटर्नसीप प्रोग्राममा हामी सहभागी हुँदैनौं ।’

खाँणले अहिलेसम्म नेपाल एसपीपीम संलग्न नभएको स्पष्ट पारे । उनले कहिल्यै पनि यस्ता सैन्य गठबन्धनमा सहभागी नहुने बताए । खाँणले भने, ‘कुनै पनि मुलुकको सेनासँग नेपाली सेनाले सैन्य गठबन्धन गर्दैन । विदेशी सेना नेपाली सेनाको व्यारेकमा आएर बस्ने, टुँडिखेलमा परेड खेल्ने त्यो हुनै सक्दैन ।’

खाँणले प्राकृतिक, मानवीय, विपद, उद्दार र राहतका लागि विदेशी सेना बेलाबेलामा नेपाल आएको बताए । उनले भने, ‘२०७२ सालको भूकम्पको बेलामा पनि ३४ देशको सेना आएका थिए । नेपाले पनि अन्य मुलुकका विपदमा सहयोग पु्याएको छ ।’

मन्त्री खाँणले एमसीसी विशुद्ध आर्थिक परियोजना भएको बताए । एमसीसीसँग एसपीपीको सम्बन्ध नरहेको जिकिर गरे ।

 

 

 

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  २ : ४९ बजे

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज