९ पुस २०८२, बुधबार | December 25, 2025

सरकारको स्पष्टीकरण – एसपीपीमा नेपाल संलग्न हुँदैन हुँदैन हुँदैन



काठमाडौं । सरकारले एसपीपीमा नेपाल संलग्न छैन संलग्न हुने सोच पनि नरहेको स्पष्ट गरेको छ ।

प्रतिनिधिसभा बैठकमा रक्षामन्त्रीको तर्फबाट जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँडले अमेरिकी स्टेट पाटर्नरसिप प्रोग्राम एसपीपीमा नेपाल संलग्न नहुने स्पष्ट पारेका हुन् ।

मन्त्री खाँणले भने, ‘एसपीपीमा त हामी संलग्न हुँदै हुँदैनौं । यो प्रोग्राममा नेपाल संलग्न हुँदैन हुँदैन हुँदैन । कुनै आशंका नराखौं । । स्टेट पाटर्नसीप प्रोग्राममा हामी सहभागी हुँदैनौं ।’

खाँणले अहिलेसम्म नेपाल एसपीपीम संलग्न नभएको स्पष्ट पारे । उनले कहिल्यै पनि यस्ता सैन्य गठबन्धनमा सहभागी नहुने बताए । खाँणले भने, ‘कुनै पनि मुलुकको सेनासँग नेपाली सेनाले सैन्य गठबन्धन गर्दैन । विदेशी सेना नेपाली सेनाको व्यारेकमा आएर बस्ने, टुँडिखेलमा परेड खेल्ने त्यो हुनै सक्दैन ।’

खाँणले प्राकृतिक, मानवीय, विपद, उद्दार र राहतका लागि विदेशी सेना बेलाबेलामा नेपाल आएको बताए । उनले भने, ‘२०७२ सालको भूकम्पको बेलामा पनि ३४ देशको सेना आएका थिए । नेपाले पनि अन्य मुलुकका विपदमा सहयोग पु्याएको छ ।’

मन्त्री खाँणले एमसीसी विशुद्ध आर्थिक परियोजना भएको बताए । एमसीसीसँग एसपीपीको सम्बन्ध नरहेको जिकिर गरे ।

 

 

 

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  २ : ४९ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना