२९ भदौ २०८३, सोमबार | September 15, 2026

गृहिणी देखि वृद्धसम्मको आर्कषणमा खुला ब्यायमशाला, पुर्वाधार र प्रशिक्षकको अभाव



बुटवल । ढाड दुख्ने समस्या भएकी रामनगरकी पुनम पुन बिहानै सबेरै मैदानमा पुग्छिन । घरको काम सकेर खुला ब्यायमशालामा उनी पसिना बगाँछिन । रामनगर खेलमैदानमा रहेको खुला जिममा उनी साथीहरुसंग एक घण्टा उफ्रने गर्छिन । मैदानमा बिहानै पुगेपनि धेरै भिड भएको बेलापालो पाउन कठिन हुने उनी बताउछिन् । बिहान मैदानमाआउने अरुको हेर्दै आफु पनि त्यहाँका उपकरणसंग पैठेजोरी खेल्ने उनको दिनचर्या जस्तै बनेको छ । राउण्डिङ चेयरमा ब्यायामगर्दा ढाडको समस्या कमभएको उनको अनुभव छ ।

बुटवल १० का खेम गुरुङ ज्यान बनाउन जिमहल जाँदा लाग्ने पैसा खुला ब्यायामशालाबाट बचेको बताउँछन । बिहानको स्वच्छ हावा, शरीर दिनभरि फ्रेस बनाउने र कामगर्न सहजबनाउने जस्ता फाईदा मिलेको उनले बताए । नियमित ब्यायम गर्ने लक्ष्मी ढकाल पनि दैनिक काममा उर्जा थपिएको बताउछिन । घर नजिक ब्यायमशालामा निशुल्क ब्यायम र दौड गर्दा दिमाख फ्रेस हुने र अनावश्यक तौल समेत घटाउन मद्दत मिलेको उनले भनिन् ।

रामनगर १० की सन्ध्या रामजाली मगर बिहान १ घण्टा खुला जिममा जान्छिन् । घरायसी काम सकेर उनी ६ बजेबाट एक घण्टा मैदानमा दौडिने र त्यहाँ भएका शारिरीक ब्यायमका उपकरणमा भिड्ने गर्छिन । ‘बिहानको एक घण्टाको ब्यायमले ज्यानलाई धेरै फाईदा मिलेको छ ।’– उनले भनिन् । खानापच्ने, शरीर हल्काहुने र दिनभरि नै फ्रेस हुने जस्ता फाईदा भएको उनले बताईन । घरधन्दामा रहने गृहिणीहरुलाई थोरै भएपनि ब्यायम गर्ने वातावरण खुला जिमले गराएको उनी बताउछिन् ।

दीपनगरका होम बहादुर मल्ल बिहान एक घण्टा आफु पनि ब्यायम गर्छन र आफुले जानेको ब्यायम अरुलाई पनि सिकाउछन् । खुला ब्यायमशालामा स्थानीय बासिन्दाहरु निशुल्क सेवा पाउँछन । व्यायामका कारण कतिपय दिर्घरागीहरुको पनि नियमित ब्यायमबाट रोग निको हुने गरेको उनको अनुभव छ । दैनिक बिहान साँझ एउटा खुला ब्यायमशालामा डेढसय जना सम्मलाई सेवादिने गरेको उनी बताउँछन । खुला जिमलाई सामान्य टिनको छाना राखेर घामपानी छेक्ने र भुई ढलानका कामगरि पुर्वाधार विकासमा स्थानीय सरकारले पहलगर्न आवश्यक रहेको उनको सुझाव छ । यही अवस्थामा वर्षा भएका बेला सेवा लिननमिल्ने उनले बताए । व्यायामशालाको सेवामात्र नभएर घामपानीले उपकरणहरुमा हिया लाग्ने र छिटो बिग्रने सम्भावना समेत उनी औंल्याउँछन् ।

मधुमेहको समस्या देखिएका दीपनगरका सुधनकुमार गौचन नियमित ब्यायम गर्छन । ९६ किलो तौल भएका उनी अहिले ७८ तौल बनाउन सफल हुनुकासाथै मधुमेह समेत नियन्त्रणमा आएको छ । सामान्य ब्यायमबाट हातखुट्टा, जोर्नी दुख्ने, मधुमेह, रक्तचाप जस्ता समस्या भएका बिरामीहरुलाई समेत फाईदा मिलेको उनी बताउँछन् । ब्यायमशालाको निमार्णसंगै अव ब्यवस्थापन र मर्मत संम्हारमा जोड दिनुपर्ने उनको सुझाव छ ।

शहरी क्षेत्रमा मानिसहरु आफनो कार्य ब्यस्तताका कारण सारीरिक परिश्रम गर्नेहरुको संख्या कम छ । यस्तोमा वडास्तरमा निमार्ण गरिएका खुलाजिम एउटा उत्तम बिकल्प भएको अन्तराष्ट्रिय फिटनेश खेलाडी तथा प्रशिक्षक बिजेन्द्र श्रेष्ठ बताउँछन । नेपाल सरकारबाट वडा स्तरमा खुलाब्यायमशाला राख्नु धेरै राम्रो भएको उनले बताए ।

मानिसहरु रोगहरुबाट ग्रसित छन् यस्तोमा ब्यायमबाट फाइदा मिल्ने उनले भने । ब्यायमका सामग्रीहरु जडान गरिएको भएपनि त्यसको उपयोग विधीबारे जानकारी दिने ब्यवस्था गरिनुपर्ने श्रेष्ठको भनाई छ । कुन ब्यायमबाट शरीरको कुनभागलाई प्रभावपर्छ र के फाईदा मिल्छ भन्ने ज्ञान बिना ब्यायम गरिँदा त्यसबाट नकारात्मक प्रभावपनि पर्न सक्ने उनले बताए । उपकरणको सही तरीकाले उपयोग बिधिहरु सिकाउने प्रशिक्षकहरु ब्यवस्थागर्न जरुरी रहेको उनले बताए ।

शरीर मोटाउदै जाने र विभिन्न रोगका संक्रमण बढ्दै जाने संख्या शहरी क्षेत्रमा बढी पाउँछौ । शारीरिक तन्दुरुस्ती र निरोगीपनका लागि व्यायाम गर्ने नागरिक बढेपछि सर्वसाधारणलाई लक्षित गरी बुटवल उपमहानगर, तिलोत्तमा नगरपालिकामा खुला ब्यायमशाला संचालन थालिएको हो । व्यायमशालामा बालकदेखि वृद्धासम्मको आकर्षण छ । सर्वसाधारण लक्षित सबैको पहुंच हुनेगरी यसरी खुला स्थानमा व्यायामशालाले मोटोपन कमगर्ने र शारीरिक तन्दुरुस्ती बढाउने जस्ता फाईदा मिलेको छ । बुटवल उपमहानगरले ३ वर्ष अघिदेखि वडा नं १, ५, ६ ,७, १०, १२, १९ गरि ७ स्थानमा खुला ब्यायमशाला संचालन गरेको छ । खुला ब्यायमशालामा ११ थरी उपकरण छन् । खुला जिमशालालाई ब्यवस्थितगर्दै राम्रो प्रशिक्षकको भने खाँचो देखिन्छ ।

 

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ५ : ५४ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ