२७ भदौ २०८३, शनिबार | September 12, 2026

बुटवल कोरा २०२२ को सचिवालय उद्घाटन



बुटवल । बुटवल कोरा २०२२ को सचिवालयको समुद्घाटन गरिएको छ । असार ३२ गते शनिबार हुने बुटवल कोरा २०२२ को आवश्यक तयारी गर्ने उदेश्यका साथ कालिकानगरमा सचिवालय समुद्घाटन गरिएको हो ।
कार्यक्रममा बोल्दै बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठले कार्यक्रमको आवश्यक तयारीका लागि सचिवालय स्थापना गरिएको बताए । बुटवल युनाईटेड साईक्लिङ क्लबको आयोजना तथा ह्याप्पी साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लब, बुटवल साईक्लिङ ग्रुप, नवलपरासी जिल्ला साईक्लिङ संघको सहयोगमा नेपालमा आधिकारीक कोरा आय‍ोजकसंग समन्वय गरेर बुटवलमा कार्यक्रम गर्न लागेको उनले बताए । करीब ३ लाख रुपैया खर्च हुने कार्यक्रमबाट अघिल्लो वर्षजस्तै सामाजिक कार्यमा योगदान गर्ने उनले बताए ।

रुपन्देही जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारीले विश्वभर एकै दिन कोरा गरिदै आएको बताए । उनले धार्मिक स्थलहरुको पहिचान, एकता र सामाजिक भावना विकास गर्ने पवित्र चाडका रुपमा रहेको उनले बताए । दैनिक जिवनमा साईकलको बढीभन्दा बढी प्रयोग गर्नसके यसबाट मानिसको स्वस्थ्य र पर्यावरण जोगाउन योगदान मिल्ने उनले बताए ।

कार्यक्रममा ह्याप्पीका उपाध्यक्ष किरण श्रेष्ठले कोराको मुल मर्म अनुसार सामाजिक क्षेत्र कोरामार्फत योगदान गर्दै आएको बताए । कोरा कार्यक्रम केवल साईकल ईभेन्टमात्र नभई यो साईकिलेहरुका लागि ठूलो पर्व भएको भन्दै उनले यसमा सबैको साथ र सहयोग आवश्यक रहने बताए ।

क्लबका सचिव राजु तिवारीले रुपन्देहीका साईकिलेहरुलाई एकतावद्घ गराएर सामाजिक कार्यमा अग्रसर गराउने अभियानका रुपमा कोरा चल्दै आएको बताए ।

कार्यक्रमका संयोजक रबिलाल सुवेदीले विभिन्न उपसमितिमार्फत कार्यक्रमको तयारी तिव्र रुपमा चलेको बताए । टिसर्ट, नास्ता र खाना लगायतको स्पोन्सर प्राप्त भएको उनले बताए । कार्यक्रमको रुट र टिसर्ट सार्वजनिक एक हप्ताभित्र गरिने उनले बताए । यो वर्ष कोरामा एक सय बढी साईक्लिष्टहरु सहभागी हुने बताए ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ११ : ५१ बजे

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल