७ चैत्र २०८२, शनिबार | March 21, 2026

तिनाउ नदीले बगाउँदा एक भारतीय युवकको मृत्यु, एक बेपत्ता



बुटवल । भारतबाट सिद्धबाबा दर्शन गर्न आएका दुई युवकको तिनाउ नदीले बगाएकोमा एकजनाको मृत्यु भएको र एक जना बेपत्ता भएका छन् । । आईतबार सिद्धबाबा मन्दिरको दर्शन गरेर झोलुङ्गे पुलमा पौडी खेल्न पुगेका भारत उत्तर प्रदेश दाहोरिया गोरखपुरका १८ वर्षिय नन्दकुमार निसाद र सनि कुमारलाई तिनाउ नदीले बगाएकोमा नन्दकुमार मृत अवस्थामा फेला परेका छन् भने सनि कुमार बेपत्ता भएका छन् ।

नदीले बगाएको खबर प्राप्त भए लगत्तै पाल्पाको दोभान प्रहरीले खोजतलास गर्दा निसादको शव बुटवल १९ लाफाचौरमा फेला परेको पाल्पा प्रहरीले जनाएको छ । नदीमा बेपत्ता भएका सनिको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

६० जनाको समुहमा भारतबाट नेपाल घुम्न आएका समुहबाट केही युवाहरु सिद्धबाबा नजिकैको झोलुङ्गे पुल मुनी पौडी खेल्न गएका थिए ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ११ : ५२ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका