४ पुस २०८२, शुक्रबार | December 19, 2025

तिनाउ नदीले बगाउँदा एक भारतीय युवकको मृत्यु, एक बेपत्ता



बुटवल । भारतबाट सिद्धबाबा दर्शन गर्न आएका दुई युवकको तिनाउ नदीले बगाएकोमा एकजनाको मृत्यु भएको र एक जना बेपत्ता भएका छन् । । आईतबार सिद्धबाबा मन्दिरको दर्शन गरेर झोलुङ्गे पुलमा पौडी खेल्न पुगेका भारत उत्तर प्रदेश दाहोरिया गोरखपुरका १८ वर्षिय नन्दकुमार निसाद र सनि कुमारलाई तिनाउ नदीले बगाएकोमा नन्दकुमार मृत अवस्थामा फेला परेका छन् भने सनि कुमार बेपत्ता भएका छन् ।

नदीले बगाएको खबर प्राप्त भए लगत्तै पाल्पाको दोभान प्रहरीले खोजतलास गर्दा निसादको शव बुटवल १९ लाफाचौरमा फेला परेको पाल्पा प्रहरीले जनाएको छ । नदीमा बेपत्ता भएका सनिको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

६० जनाको समुहमा भारतबाट नेपाल घुम्न आएका समुहबाट केही युवाहरु सिद्धबाबा नजिकैको झोलुङ्गे पुल मुनी पौडी खेल्न गएका थिए ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ११ : ५२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको