१० पुस २०८२, बिहिबार | December 25, 2025

बुटवल मण्डपको नाम फेर्ने निर्णय फिर्ता लिन बुटवलमा क्रियाशिल ७ राजनीतिक दलको आग्रह



बुटवल । बुटवलमा क्रियाशिल ७ राजनीतिक दलले बुटवल उपमहानगरले फेरेको बुटवल मण्डपको नामाकरणलाई बिरोध जनाएका छन् । आज अपरान्ह बुटवलमा बसेको ७ दलको बैठकले बुटवल मण्डपको नाम फेर्ने उपमहानगरको निर्णय फिर्ता लिन उपमहानगरपालिकालाई आग्रह गर्ने निर्णय समेत गरेका छन् ।

बैठक पछि जारी विज्ञप्तीमा बुटवल मण्डप बुटलमा क्रियाशिल सबै राजनीतिक दलहरुको विकासको साझा धारणा भएको उल्लेख गर्दै बुटवल मण्डपको नाम आम जनसमुदायको भावनात्मक अपनत्वसँग पनि जोडिएको बिषय भएको जनाईएको छ । दलरुको बैठकले आव ०७९/८० को उपमहानगरको बजेट र नीति तथा कार्यक्रममा प्रस्ताव गरिएको गिरिजा प्रसाद कोईराला बुटवल मण्डप नामाकरण गर्ने प्रस्ताव फिर्ता लिन उपमहनगरसँग आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा नेकपा एमाले रुपन्देहीका अध्यक्ष किसन ज्ञवाली, राष्ट्रिय जनमुक्ति पार्टीका मेकबहादुर सारु, मंगोल नेशनल अर्गनाईजेशनका खिमबहादुर थापा, लोकतान्त्रिक समाजवादी पार्टीका रामशंकर गुप्ता, नेपाल कम्युनिष्ट पार्टीका एनबी शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्षमण प्रसाद श्रेष्ठ र राष्ट्रिय जनमोर्चा (समन्वय समिति) का बाबुराम गौतमले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ७ : ११ बजे

लन्डनको प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु