२४ बैशाख २०८१, सोमबार | May 7, 2024

इटालीमा ७० वर्षयताकै खराब खडेरी, आपतकालीन अवस्था घोषणा



रोम । इटालीले झण्डै ७० वर्षयताकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेको छ । खडेरीपछि सरकारले पो नदी वरपरका धेरै क्षेत्रमा आपतकालीन अवस्था घोषणा गर्ने निर्णय गरेको छ । आपतकालीन अवस्था घोषण गर्न लागिएका क्षेत्रहरूले सामान्यतया इटालीको कुल कृषि उत्पादनको लगभग ३० प्रतिशत योगदान दिन्छ ।

खडेरीले यो वर्ष ठूलो विनाश निम्त्याएको छ । आपतकाल घोषणपछि घर र व्यवसाय दुवैका लागि खानेपानी, राशनजस्ता विषयमा सुधार गर्न स्थानीय अधिकारीहरूलाई कदम चाल्न सजिलो हुने विश्वास गरिएको छ ।

वर्तमान अवस्थालाई असाधारण साधन र शक्तिका साथ प्रभावित जनतालाई राहत र सहायता प्रदान गर्ने आपतकालीन अवस्थाको उद्देश्य रहेको सरकारले जनाएको छ ।
खडेरी सामना गर्न सरकराले थप कदम चाल्न सक्ने र गर्मी मौसमको तापलहरले स्थानीयलाई समस्या भएको रोयटर्सले जनाएको छ ।

उत्तरी इटालीका पाँच क्षेत्रहरू– इमिलिया–रोमाग्ना, फ्रिउली भेनेजिया गिउलिया, लोम्बार्डी, पिडमोन्ट र भेनेटोमा पनि आपतकाल घोषणा गरिएको छ ।

एजेन्सी

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १० : ५२ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,