२० माघ २०८२, मंगलबार | February 4, 2026

इटालीमा ७० वर्षयताकै खराब खडेरी, आपतकालीन अवस्था घोषणा



रोम । इटालीले झण्डै ७० वर्षयताकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेको छ । खडेरीपछि सरकारले पो नदी वरपरका धेरै क्षेत्रमा आपतकालीन अवस्था घोषणा गर्ने निर्णय गरेको छ । आपतकालीन अवस्था घोषण गर्न लागिएका क्षेत्रहरूले सामान्यतया इटालीको कुल कृषि उत्पादनको लगभग ३० प्रतिशत योगदान दिन्छ ।

खडेरीले यो वर्ष ठूलो विनाश निम्त्याएको छ । आपतकाल घोषणपछि घर र व्यवसाय दुवैका लागि खानेपानी, राशनजस्ता विषयमा सुधार गर्न स्थानीय अधिकारीहरूलाई कदम चाल्न सजिलो हुने विश्वास गरिएको छ ।

वर्तमान अवस्थालाई असाधारण साधन र शक्तिका साथ प्रभावित जनतालाई राहत र सहायता प्रदान गर्ने आपतकालीन अवस्थाको उद्देश्य रहेको सरकारले जनाएको छ ।
खडेरी सामना गर्न सरकराले थप कदम चाल्न सक्ने र गर्मी मौसमको तापलहरले स्थानीयलाई समस्या भएको रोयटर्सले जनाएको छ ।

उत्तरी इटालीका पाँच क्षेत्रहरू– इमिलिया–रोमाग्ना, फ्रिउली भेनेजिया गिउलिया, लोम्बार्डी, पिडमोन्ट र भेनेटोमा पनि आपतकाल घोषणा गरिएको छ ।

एजेन्सी

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १० : ५२ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको