१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

भेरी अस्पतालमा डाक्टरको दादागिरी, वरिष्ठ डाक्टरबाटै ड्युटी नै नगरी असार २९ गते सम्मको अग्रीम हाजिरी



नेपालगन्ज । संघीय सरकारको मातहतमा रहेको नेपालगन्जको भेरी अस्पतालमा कार्यरत चिकित्सकले काम नै नगरेको दिनको पनि हाजिरी गरेर सरकारी सेवा बुझ्ने गरेका छन् । अस्पतालमा कार्यरत एकजना वरिष्ठ चिकित्सकले त महिना पुरा नहुँदै अग्रीम हाजिरी गर्ने गरेको समेत खुलासा भएको छ ।

अस्पतालमा ड्युटी नगरेर निजी अस्पतालमा समय बिताउने चिकित्सकलाई स्वास्थ्य मन्त्रालयले संरक्षण गरेको भेरी अस्पताल विकास समितिले आरोप लगाएको छ । ड्युटी गर्न समयमा नआउने, काममा लापरवाही गर्ने र निजी अस्पतालमै समय बिताउने भेरी अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सुरेश कुमार नागलाई स्वास्थ्य मन्त्रालयले संरक्षण गरेको समितिले आरोप लगाएको हो ।

काममा चरम लापरवाही गरेपछि समितिको तर्फबाट पटक पटक सुध्रिन अनुरोध गर्दा समेत अटेर गरेको पाइएको भन्दै डा. नागलाई आवश्यक कारवाही गरिदिन गतवर्ष २०७८ सालको साउन २२ गते बसेको समितिको बैठकले मन्त्रालयमा सिफारिस गरिएको भएपनि मन्त्रालयले बेवास्ता गरेको भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले जनाएका छन् । सदस्य श्रेष्ठले लगातार अनुपस्थित रहेर ड्युटी नगरेका डा. नागले असार २० गते अस्पताल प्रशासनमा घुसेर असार २९ गते सम्मको अग्रीम हाँजिरी गरेको समेत खुलासा गरेका छन् ।

श्रेष्ठका अनुसार डा. नागले अग्रिम हाजिरी गरी आफ्नो उत्तरदायित्व र कर्तव्य बिमुख भयको पाइएको भन्दै समितिले आज पुनः कारवाहीका लागि जिल्ला प्रशासनमा बाँके मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सिफारिस गरेको छ ।

अस्पतालका वरिष्ठ सर्जन पदमा कार्यरत रहेका डा. नागको नेपालगन्जको पासाङल्हामु मार्गमा बैष्णवी अस्पताल संचालनमा रहेको छ । डा. नागले अधिकांस समय आफ्नै अस्पतालमा दिने र महिनामा १/२ पटक भेरी अस्पताल पुगेर महिनाभरीको हाजिरी गर्ने गरेको अस्पतालका एक कर्मचारीले नाम नलेख्ने सर्तमा बताए ।

वरिष्ठ डाक्टरहरुनै अटेर गर्ने र आफ्ना निजी अस्पतालमा मात्र ध्यान दिंदा अस्पतालमा उपचार गर्न आउने सर्वसाधारणले सास्ती खेप्नु परेको श्रेष्ठले बताए । उनले राज्यको सेवासुबिधा लियर गैह्र जिम्मेवार काम गर्नु गलत भएको बताउँदै अटेरी गर्ने जोकोही कर्मचारीहरुलाई कारवाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरे ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ४ : १४ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम