२ पुस २०८२, बुधबार | December 17, 2025

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिने



काठमाडौं । करको दर हेरफेर र सीसीटीभी फुटेज विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिने भएका छन् ।
प्रतिनिधिसभाको बैठकमा आफ्ना कुरा राख्दै अर्थमन्त्री शर्माले राजीनामाको घोषणा गर्ने भएका हुन् । अर्थमन्त्री शर्मा केहीबेर अघि संसद भवनमा पुगेका छन् । सम्बोधनका क्रममा शर्माले आफुले कुनै गल्ती नगरेको दाबी गर्दै आफुमाथि लागेको आरोपबारे छानबिन गर्न सघाउने प्रतिवद्धता जनाउने भएका छन् ।

बजेट भाषणको अघिल्लो रात अर्थमन्त्रालयमा असम्बन्धित व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लाग्दै आएका अर्थमन्त्री शर्मा सो दिनको सीसीटीभी फुटेज हराएपछि थप विवादमा परेका थिए । अर्थमन्त्रीको दबाबमा फुटेज डिलिट गरेको भन्दै प्रमुखप्रतिपक्षी र सत्तापक्षका नेताहरुले शर्माको राजीनामा माग्दै संसदीय छानविन समिति गठनगर्नुपर्ने माग गर्दै आएका छन् । तर अर्थमन्त्री शर्माले आफुले कुनै गल्ती नगरेको स्पष्टीकरण दिँदै आएका छन् ।

यसअघि आजै बिहान बसेको नेकपा माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्यहरुको बैठकमा अर्थमन्त्री शर्माले राजीनामा दिने सहमति भएको थियो । हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शर्मालाई राजीनामा दिएर छानविनलाई सघाउन आग्रह गरेका थिए । त्यसपछि शर्माले आफुले जनपक्षीय बजेट ल्याएको दाबी गर्दै विरोधीले आफुलाई सिध्याउन षड्यन्त्र गरेको आरोप लगाएका थिए ।

अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने तयारी गरेको एमालेका सांसदसँग माओवादीका सांसदहरुले संसदभवनमा छलफल गरेका छन् ।

 

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १२ : ५९ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन