१३ बैशाख २०८३, आइतबार | April 27, 2026

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिने



काठमाडौं । करको दर हेरफेर र सीसीटीभी फुटेज विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिने भएका छन् ।
प्रतिनिधिसभाको बैठकमा आफ्ना कुरा राख्दै अर्थमन्त्री शर्माले राजीनामाको घोषणा गर्ने भएका हुन् । अर्थमन्त्री शर्मा केहीबेर अघि संसद भवनमा पुगेका छन् । सम्बोधनका क्रममा शर्माले आफुले कुनै गल्ती नगरेको दाबी गर्दै आफुमाथि लागेको आरोपबारे छानबिन गर्न सघाउने प्रतिवद्धता जनाउने भएका छन् ।

बजेट भाषणको अघिल्लो रात अर्थमन्त्रालयमा असम्बन्धित व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लाग्दै आएका अर्थमन्त्री शर्मा सो दिनको सीसीटीभी फुटेज हराएपछि थप विवादमा परेका थिए । अर्थमन्त्रीको दबाबमा फुटेज डिलिट गरेको भन्दै प्रमुखप्रतिपक्षी र सत्तापक्षका नेताहरुले शर्माको राजीनामा माग्दै संसदीय छानविन समिति गठनगर्नुपर्ने माग गर्दै आएका छन् । तर अर्थमन्त्री शर्माले आफुले कुनै गल्ती नगरेको स्पष्टीकरण दिँदै आएका छन् ।

यसअघि आजै बिहान बसेको नेकपा माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्यहरुको बैठकमा अर्थमन्त्री शर्माले राजीनामा दिने सहमति भएको थियो । हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शर्मालाई राजीनामा दिएर छानविनलाई सघाउन आग्रह गरेका थिए । त्यसपछि शर्माले आफुले जनपक्षीय बजेट ल्याएको दाबी गर्दै विरोधीले आफुलाई सिध्याउन षड्यन्त्र गरेको आरोप लगाएका थिए ।

अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने तयारी गरेको एमालेका सांसदसँग माओवादीका सांसदहरुले संसदभवनमा छलफल गरेका छन् ।

 

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १२ : ५९ बजे

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

बुटवल । बुबाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

दुर्घटनामा एक जनाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित

मुस्ताङको जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु

मुस्ताङ । मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको

शेखर कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक र