४ पुस २०८२, शुक्रबार | December 20, 2025

खराब व्याटिङ, क्यानडासंग नेपालको हार



काठमाडौं । खराब ब्याटिङका कारण नेपाल घरेलु टोली क्यानडाविरुद्धको एकदिवसीय खेलमा ८३ रनले पराजित भएको छ ।

बुधबार राति किङ सिटी स्टेडियममा १८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १०५ रनमा समेटियो ।

नेपालका ब्याटर देव खनालले सर्वाधिक २६ रन बनाए । पवन सर्राफले १४, विनोद भण्डारी, बसिर अहमेद र आदील आलम समान १३ रन, कप्तान सन्दीप लामिछानेले ११ रन बनाए ।

रोहित पौडेल ६, करण केसी ५, कुशल भुर्तेल १ रनमा आउट हुँदा दिपेन्द्र सिंह ऐरी र आरिफ शेख खाता खोल्न सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाउदै १८८ रनको योगफल तयार पारेको थियो ।

क्यानडाका लागि श्रेयस मोभाले सर्वाधिक ५० रन बनाए । यस्तै, आरोन जोनसनले ४४, अमर खालीदले ३० रनको योगदान गरे ।

नेपालका कप्तान सन्दीपले ३ विकेट लिए । यस्तै, दीपेन्द्र ऐरीले २ तथा बसिर अहमेद, किशोर महतो,करण केसी र आदील आलमले समान एक विकेट लिए ।

यस अघि अघिल्लो एकदिवसीय खेल भने वर्षाको कारण स्थगित भएको थियो ।

अब, नेपाल आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखला खेल्न स्कटल्यान्ड प्रस्थान गर्नेछ । जहाँ नेपाल, आयोजक स्कटल्यान्ड र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ७ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको