८ चैत्र २०८२, आइतबार | March 22, 2026

माओवादी केन्द्रीय समितिको बैठक आज, पदाधिकारी टुंग्याउने तयारी



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । आइतबारदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठक मंगलबार र बुधबार स्थगन भएपछि बिहीबार बिहान ११ बजे बस्न लागेको हो ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि असार १९ र २० गते केन्द्रीय सदस्यहरूले राखेका जिज्ञासा र धारणाहरूमाथि केन्द्रित रहेर जवाफ दिनेछन् ।

साथै अध्यक्ष प्रचण्डले पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समिति सदस्य चयनको ठोस प्रस्ताव ल्याउने तयारी छ । पूर्व स्थायी र प्रदेश इन्चार्ज सहभागी केन्द्रीय कार्यालयको विस्तारित बैठकले सोको जिम्मा अध्यक्षलाई दिएको छ ।

माओवादीको आठौं महाधिवेशनले पारित गरेको विधानमा पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ । तर, हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन हुन सकेका छैनन् ।

पार्टीको महत्वपूर्ण जिम्मेवारी मानिने महासचिवका आकांक्षी धेरै छन् । जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, पम्फा भुसाल, देव गुरुङ महासचिवका आकांक्षीका रुपमा हेरिएको छ । तर, शर्मा र पुन मुख्य दाबेदार हुन् । उनीहरुबीच सहमति नभएको खण्डमा भने अन्य आकांक्षीले पाउने बताइएको छ ।

तर, बजेट निर्माण प्रक्रियामा त्रुटि गरेको भन्दै चौतर्फी विरोध भएपछि हालै अर्थमन्त्रीबाट बाहिरिएका शर्माको पार्टीको भावी नेतृत्वका रूपमा हेरिएको र कार्यकारी पदसमेत रहेको महासचिवमा अब सम्भावना कम भएको माओवादी नेताहरूले बताउन थालेका छन् । साथै उक्त पदमा पुनको सम्भावना बलियो बनेको छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ७ : ४० बजे

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड