७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

अर्थमन्त्रीको विषय उचालेर सत्ता गठबन्धनलाई अप्ठेरोमा पार्न खोजियो : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बसिरहेको छ ।

राजधानीको प्रज्ञा भवनमा बिहान ११ बजेपछि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिइरहेका छन् । अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनलाई कमजोर बनाउन चारैतिरबाट आक्रमण सुरु गरिएको बताएका छन् ।

गठबन्धनलाई अप्ठेरोमा पार्ने डिजाइनअन्तर्गत अर्थमन्त्रीको विवाद उछालेको जिकिर गर्दै प्रचण्डले मन्त्री शर्माले पदबाट राजीनामा दिएर षड्यन्त्रकारीहरुलाई जवाफ दिएको बताए । प्रचण्डले अर्थमन्त्रीले उच्च नैतिकता प्रदर्शन गरेको जिकिर समेत गरे । प्रचण्डले भने, ‘राजीनामाले एउटा सन्देश गएको छ । यसबाट नैतिकता, त्याग र वैधानिक तरिकाले प्रश्नको समाधान गर्नेबारे आम कार्यकर्ता र जनतालाई पनि प्रशिक्षित भएको छ ।’

राजीनामा नदिएको भए यही विषयलाई उछाल्दै राजनीतिलाई अप्ठ्यारोमा पार्ने बताउँदै प्रचण्डले सरकार र गठबन्धनलाई नै अप्ठयारो पार्ने तथा माओवादीलाई नै पनि अप्ठ्यारोमा पार्ने डिजाइन देखेपछि त्याग, वैधानिक र राजनीतिक पहलकदमीबाट जवाफ दिएको जिकिर गरे ।

अध्यक्ष प्रचण्डले आजैको बैठकमा पदाधिकारी, स्थायी समिति र पोलिटव्यूरो सदस्यहरुको नाम घोषणा गर्ने तयारी गरेका छन् । यसअघि मंगलबार र बुधबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले नाम प्रस्ताव गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  १२ : १५ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल