१६ बैशाख २०८१, आइतबार | April 28, 2024

घरेलु टोली इंग्ल्यान्डविरुद्ध भारतको सहज जित



काठमाडौं । भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै तीन खेलको शृंखलामा भारतले १-० को अग्रता लिएको छ ।

जितका लागि १९९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९ओभर तीन बलमा सवै विकेट गुमाउँदै १४८ रनमा समेटियो ।

इंग्ल्यान्डका मोईन अलीले सर्वाधिक ३६ रन बनाए । ह्यारी ब्रुकले २८ र क्रिस जोर्डनले २६ रनको योगदान गरे । भारतका हार्दिक पान्ड्याले सर्वाधिक ४ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९८ रन बनायो ।

भारतका हार्दिक पान्ड्याले सर्वाधिक ५१ रन बनाए । यस्तै, कप्तान रोहित शर्मा २४, दीपक हुडाले ३३ र सूर्य कुमार यादवले ३९ रनको योगदान गरे ।

इंग्ल्यान्डका क्रिस जोर्डन र मोईन अलीले समान दुई विकेट लिए । अब, दोस्रो खेल शनिबार हुनेछ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ७ : ०४ बजे

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते

गुल्मी । जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना

भरतपुरमा सहिद लखन थापाको सालिक निर्माण

चितवन । नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा

लुम्बिनी प्रदेशको तराईमा अत्याधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा

नेपाल पत्रकार महासंघ रुपन्देहीको अधिवेशन तथा साधारणसभा सकियो

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको १२ औ अधिवेशन तथा

लगानी सम्मेलन : यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै

काठमाडौं । आजदेखि सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २०