११ बैशाख २०८१, मंगलबार | April 23, 2024

राज बाबाले तोडे शिखर धवनको १८ वर्ष पुरानो रेकर्ड



काठमाडौं । आईसीसी यु-१९ विश्व कप-२०२२ मा भारतीय ब्याटर राज बाबाले इतिहास रचेका छन् । उनले शिखर धवनको नाममा रहेको १८ वर्ष पुरानो कीर्तिमान शनिबार भंग गरेका हुन् ।

राज बाबाले शानदार इनिङ खेल्ने क्रममा भारतले युगान्डामाथि तीन सय २६ रनको विशाल जित निकालेको थियो । युगान्डाविरुद्ध राजा बाबाले एक सय ६२ रन बनाउँदा अंगकृस रघुबंशीले एक सय ४४ रन बनाएका थिए । दुई खेलाडीले तेस्रो विकेटको लागि दुई सय ६ रन बनाएका थिए ।

दुई खेलाडीको शतकसँगै भारतले समूह ‘बी’मा ५ विकेट गुमाउँदै युगान्डाविरुद्ध चार सय पाँच रनको विशाल योगफल तयार पारेको थियो । एक खेलअघि नै क्वाटरफाइनल प्रवेश गरेको भारतीय टोलीका लागि एक सय २० बलमा २२ चौका र चार छक्काका साथ अंगकृसले एक सय ४४ रन बनाए ।

राज बाबाले एक सय ६२ रन बनाउने क्रममा एक सय आठ बल खेल्दै १४ चौका र आठ छक्का प्रहार गरे । राज बाबा यु-१० विश्वकपको इतिहासमा भारतबाट एक इनिङमा सबैभन्दा बढी रन बनाउने ब्याटर बने ।

यसैको साथ शेखर धवनले सन् २००४ मा स्कटल्याण्डविरुद्ध ढाकामा बनाएको एक सय ५५ रनको कीर्तिमान भंग भएको हो ।

 

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  २ : ४९ बजे

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम