२५ फाल्गुन २०८२, सोमबार | March 10, 2026

नाबालिक बलात्कार मुद्दामा हदम्याद : १८ वर्ष पुगेपछि ३ वर्षभित्र उजुरी दिइसक्नुपर्ने



काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले बलात्कार मुद्दाको हद म्यादमा परिववर्तन गर्दै नाबालिकको हकमा १८ वर्ष पुगेपछि तीन वर्षभित्र उजुरी दिइसक्नुपर्ने निर्णय गरेको छ ।

यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयकमाथि छलफलपछि शुक्रबार समितिले बालिगको हकमा एक वर्ष बढाएर दुई वर्षको हदम्याद राख्ने निर्णय गरेको छ ।

प्रचलित कानुनअनुसार एक वर्षभित्र उजुरी दिइसक्नुपर्ने प्रावधानलाई एक वर्ष वृद्धि गरेर बालिकको हकमा दुई वर्षभित्र उजुरी दिनुपर्ने व्यवस्थासहित समितिले निर्णय गरेको सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए ।

साथै थुनामा रहेको वा अपहरणमा रहेको अवस्थामा थुनामुक्त भएपछि तीन महिना नाघेको तीन वर्षभित्र उजुरी गरिसक्नुपर्ने हदम्याद राख्ने निर्णय गरेको छ । अपहरणमुक्त वा थुनामुक्त भएको तीन औषधि उपचार गर्नका लागि समयसमेत दिने र त्यसपछिको तीन वर्षभित्र उजुरी दिइसक्नुपर्ने सभापति सभापति पोखरेलको भनाइ छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ३ : ३५ बजे

देशका विभिन्न ठाउँमा वर्षा, भोलि यी ठांउमा हुने छ वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली

रवि र बालेन्द्रसंग मोदीको टेलिफोन संवाद, मिलेर काम गर्ने प्रतिबद्धता

नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने

धनुषा-१ : नेकपाका मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा