१२ बैशाख २०८१, बुधबार | April 25, 2024

माओवादी केन्द्रको स्थायी समिति बैठकले आज गरेका निर्णय यी हुन्



काठमाडौं । एकीकृत माओवादी केन्द्रको आज बसेको बैठकले स्थानीय तह निर्वाचनमा अन्तरघात गर्नेमाथि छानबिनदेखि विद्यर्थाी संगठनमा देखिएको समस्या समाधान गर्न छानबिन समिति गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज बसेको स्थायी कमिटी बैठकले विभिन्न चार वटा निर्ण गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए ।

केन्द्रीय समितिको बैठकपछिको पहिलो स्थायी कमिटीको बैठकले गरेको निर्णयहरु यी हुन् :–

१. स्थानीय तह निर्वाचनमा घात अन्तरघात गरेको आवाज उठेपछि र कतिपय केन्द्रीय सदस्यकाविरुद्ध समेत प्रश्न उठेकाले तीन जनाको छानबिन समिति गठन गरेको छ । पार्टीको अनुशासन विभागका संयोजक टंक राईको अध्यक्षतामा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेको समिति गठन भएको हो ।

२. पार्टीको विद्यार्थी संगठनमा रहेको समस्या समाधान गर्न पूर्व विद्यार्थी नेताहरु रेमश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेको सुझाव समिति गठन गरिएको छ । अब उनीको सुझावको आधारमा स्थायी कमिटीले आवश्यक निर्णय गर्ने छ ।

३. प्रदेश कमिटी र केन्द्रीय समितिबीच समन्वय कायम गर्न इन्चार्जको नेतृत्वमा प्रदेश समन्वय समिति गठन गरिएको छ । यो समिति आगामी निर्वाचनसम्मका लागि मात्रै हो । यसमा केन्द्रीय सदस्यहरु सबै र प्रदेशका पदाधिकारी सबै रहनेछन् ।

४. प्रदेशहरूमा प्रशिक्षण र बैठकहरू गर्ने । १६ साउनमा सुरु भएका बैठकहरू ३ भाद्रमा सकिनेछन् । १८ साउनमा गण्डकीमा, २० साउन प्रदेश १ मा, २४ साउनमा लुम्बिनी, २८ साउनमा सुदूरपश्चिममा, २९ साउन कर्णालीमा, ३० साउन विशेष, १ भदौ सम्पर्क समन्वय, ३ भदौमा प्रवास बैठक हुनेछ ।

 

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  १ : १४ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको