बुटवल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पाँच दलिय गठबन्धन आबस्यकता रहेको बताउँदै आगामी निर्वाचनसम्म गठबन्धन रहने स्पष्ट पारेका छन् ।
समाजवादी प्रेस संगठन नेपाल, रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष नेपालले गठबन्धन रास्ट्रिय आवश्यकता बनेको र निरन्तरता नै रहने भन्दै स्थानीय तह निर्वाचनमा समाजवादी पार्टीले सफलता प्राप्त गरेको दाबी गरे ।
एक महानगर, उपमहानगरसहित विभिन्न स्थानमा उपप्रमुख जितेको र धेरै तहमा अत्यधिक मत प्राप्त गरेको जनाए । उनले भने , हामीले स्थानीय तहमा हाम्रो पार्टीले सफलता हासिल गरेको छ, महानगर, उपमहानगरसहित धेरै ठाँउमा विजयी भएको छ । हामी आगामी निर्वाचनका लागि तयारीमा जुटेका छौं , अझै सफलता पाउने छौँ ।”
उनलेे गठबन्धन आवश्यकताअनुसार भएतापनि आफूहरू आफ्नै बलमा निर्वाचन लडेकाे बताए । अध्यक्ष नेपालले निर्वाचनमा आफूहरुमाथि षडयन्त्र भएको समेत उल्लेख गरे । उनले भने, हामी निर्वाचनमा आफ्नै बलले होमिएका हौं, गठबन्धन माध्यम थियो, निर्वाचनको सुरुदेखि नै षड्यन्त्र भयो । मतपत्रकै कारण धेरै मत बदर भए, हामीले पाएको मत र बदर भएको हेर्दा हामीलाई अत्यधिक मत प्राप्त भएको थियो ।”



















प्रतिक्रिया