२९ भदौ २०८३, सोमबार | September 14, 2026

गठबन्धन आवश्यकता हो, निरन्तरता रहन्छ: अध्यक्ष नेपाल



बुटवल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पाँच दलिय गठबन्धन आबस्यकता रहेको बताउँदै आगामी निर्वाचनसम्म गठबन्धन रहने स्पष्ट पारेका छन् ।

समाजवादी प्रेस संगठन नेपाल, रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष नेपालले गठबन्धन रास्ट्रिय आवश्यकता बनेको र निरन्तरता नै रहने भन्दै स्थानीय तह निर्वाचनमा समाजवादी पार्टीले सफलता प्राप्त गरेको दाबी गरे ।

एक महानगर, उपमहानगरसहित विभिन्न स्थानमा उपप्रमुख जितेको र धेरै तहमा अत्यधिक मत प्राप्त गरेको जनाए । उनले भने , हामीले स्थानीय तहमा हाम्रो पार्टीले सफलता हासिल गरेको छ, महानगर, उपमहानगरसहित धेरै ठाँउमा विजयी भएको छ । हामी आगामी निर्वाचनका लागि तयारीमा जुटेका छौं , अझै सफलता पाउने छौँ ।”

उनलेे गठबन्धन आवश्यकताअनुसार भएतापनि आफूहरू आफ्नै बलमा निर्वाचन लडेकाे बताए । अध्यक्ष नेपालले निर्वाचनमा आफूहरुमाथि षडयन्त्र भएको समेत उल्लेख गरे । उनले भने, हामी निर्वाचनमा आफ्नै बलले होमिएका हौं, गठबन्धन माध्यम थियो, निर्वाचनको सुरुदेखि नै षड्यन्त्र भयो । मतपत्रकै कारण धेरै मत बदर भए, हामीले पाएको मत र बदर भएको हेर्दा हामीलाई अत्यधिक मत प्राप्त भएको थियो ।”

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  १ : ३२ बजे

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौं । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको

ग्याँस संकट : घरधनी छतमा दाउरा बालेर पकाउने, डेरावाल भोकै !

काठमाडौं । अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन ।

भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौं । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका